Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मेस्सीले लगातार दोस्रोपल्ट जिते एमएलएस एमभीपी अवार्ड

 

काठमाडौं : इन्टर मियामीलाई ऐतिहासिक उपाधि दिलाएका अर्जेटिनाका सुपरस्टार लियोनेल मेस्सीले लगातार दोस्रो सिजन पनि मेजर लिग सकर (एमएलएस) को ‘मोस्ट भ्यालुएबल प्लेयर’ (एमभीपी) अवार्ड जितेका छन्।

यो उपाधि पाउने उनी पहिलो खेलाडी बनेका छन्। इण्टर मियामीका फरवार्ड मेस्सीले दुई असिस्ट दिएको खेलमा उनको टोलीले भ्यानकुभर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलोपटक एमएलएस कप जितेको छ।

३८ वर्षे मेस्सीले २०२५ को नियमित सिजनमा २९ गोल गरेर सर्वाधिक गोलकर्ताको रूपमा गोल्डेन बुट पनि जितिसकेका छन्।

आठपल्टका बलोन डी’ओर विजेता मेस्सी एउटा सिजनमा १० वटा मल्टी–गोल गर्ने पहिलो एमएलएस खेलाडी पनि हुन्। यसअघि स्टर्न जोन, मामाडु डियालो र ज्लाटन इब्राहिमोभिचले राखेको ८ खेलको रेकर्ड उनले तोडिदिएका छन्।

मेस्सीले यसअघि तीन ‘यूइएफए मेन्स प्लेयर अफ द इयर‘ अवार्ड, छ ‘युरोपियन गोल्डेन सु’, छ ‘ला लिगा बेस्ट प्लेयर’ उपाधि, स्पेनिस फुटबलका सर्वाधिक गोलकर्तालाई दिइने आठ ‘पिचिची ट्रफी’ र १५ पटक ‘अर्जेन्टाइन फुटबलर अफ द इयर’ सम्मान हासिल गरिसकेका छन्।  थाहा खबर 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP