Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

राष्ट्रिय खेलकुद २०८२ साल फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बुधबार बसेको १२४ औँ बोर्ड बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, तेस्रो संशोधनसहित पारित गर्ने निर्णय गरेको छ।

गत कात्तिकमा भएको राखेपको पछिल्लो बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद २०८२ साल फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको थियो।

युवा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा बसेको बैठकले १० औँ राष्ट्रिय खेलकुदसँगै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि खेल सङ्ख्या र खेलाडी सङ्ख्या तोक्ने सम्बन्धमा कार्यकारी समितिले छलफल गरी सिफारिस गर्ने तथा तयारी सम्बन्धमा प्रदेश खेलकुद र विभागीय टिमलाई पत्राचार गर्ने निर्णय गरेकोे छ । यसै गरी परिषद्लाई नेपाल सरकारबाट विनियोजन भएको चालु आवको वार्षिक योजना, कार्यक्रम र बजेट तथा परिषद्को आन्तरिक अनुमानित आयव्यय पास गरेको छ।

अन्तर्राष्ट्रिय खेलकुदपरिसर सातदोबाटोमा ‘जेनजी सहिद स्मृति पार्क निर्माण गर्ने र त्यहाँ रहेको अडिटोरियम हललाई जेनजी स्मृति अडिटोरियम हल नामकरण गर्ने निर्णय भएको छ।

सो बोर्ड बैठकले सन् २०२६ मा जापानको आइची नागोयामा आयोजना हुने २० औँ एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय गरेको छ। गत असोजमै आइची नागोया एसियाडका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ४३४ खेलाडीको दर्ता गरेको थियो।

एसियाड सन् २०२६ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुँदै छ। एनओसीले दर्ता गरे अनुरूप आगामी एसियाडमा नेपाल ३२ खेलमा सहभागी हुने छ।

बैठकमा परिषद्का उपाध्यक्ष धु्रव आचार्य, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, सदस्यसचिव रामचरित्र मेहतालगायतकाे सहभागिता रहेको थियो।  थाहा खबर
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP