Trending
flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित

डब्ल्यूएचओले काेराेना सङ्क्रमित बिरामीमा हाइड्रोक्सिक्लोरोक्विन र एचआईभीकाे औषधि प्रयाेग बन्द गर्‍याे

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले शनिबार कोरोना सङ्क्रमित व्यक्तिमा हाइड्रोक्सिक्लोरोक्विन र लोपिनाभिर/रिटोनाभिर औषधिको प्रयोग बन्द गर्न लागिएको जनाएको छ ।    
मलेरियाको उपचारमा प्रयोग आउने हाइड्रोक्सिक्लोरोक्विन र एचआईभी सङ्क्रमितलाई दिइने लोपिनएभिर–रिटोनाभिर औषधिबाट कोरोना सङ्क्रमितको मृत्युदर नरोकिएको कारण यस्तो निर्णय लिएको विश्व स्वास्थ्य सङ्गठनले बताएको बीबीसीले जनाएको छ । 

कोरोना सङ्क्रमितको उपचारको लागि विभिन्न खोप र औषधि परीक्षणमा यो औषधिलाई एक आशाको रुपमा हेरिएको थियो तर त्यो सफल हुन सकेन । 

यसैबीच विश्व स्वास्थ्य सङ्गठनले विश्वभरमा पहिलो पटक एकैदिनमा दुई लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ । 

शुक्रबार विश्वभर दुई लाख १२ हजार तीन सय २६ जनामा सङ्क्रमण पुष्टि भएकोमा अमेरिकामा मात्रै ५३ हजार दुई सय १३ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

विश्व स्वास्थ्य सङ्गठनले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘मेडिकल परीक्षणबाट हाइड्रोक्सिक्लोरोक्विन र लोपिनाभिर/रिटोनाभिरकाे प्रयोगले कोरोना सङ्क्रतमितको मृत्युदरमा कमी आएन । यसर्थ यी औषधिको परीक्षण तत्काल बन्द गरिन लागिएको छ ।’

विश्वका विभिन्न देशमा विश्व स्वास्थ्य सङ्गठनको अगुवाइमा यी औषधिले कोरोना सङ्क्रमितमा परेको असरबारे जाँभ भइरहेको थियो । 

एक अन्तर्राष्ट्रिय कमिटीको सिफारिसमा विश्व स्वास्थ्य सङ्गठनले यस्तो निर्णय लिएको सङ्गठनको स्वास्थ्य एजेन्सीले बताएको छ । 

यद्यपि डब्ल्यूएचओले अस्पतालमा भर्ना नभएका बिरामी र रोगनिरोधकको रुपमा उनीहरुमाथि यसको प्रयोगसँग जोडिएको अध्ययनमा यो निर्णयको असर नपर्ने जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP