Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

इथियोपियामा गायकको हत्यापछि भड्किएकाे हिंसामा कम्तीमा १६७ जनाको ज्यान गयो

काठमाण्डाै – इथियोपियाका चर्चित गायक हाचालु हुन्देसाकाे मृत्युकाे विषयमा भएको विवादपछि हिंसा भड्किँदा कम्तीमा एक सय ६७ जनाको ज्यान गएको छ ।

राजधानी अदिस अबाबा र ओरोमिया क्षेत्रमा भएको झडपमा कम्तीमा एक सय ५६ जना प्रदर्शनकारी र ११ जना सुरक्षाकर्मीको ज्यान गएको अरोमिया क्षेत्रका प्रहरी उपआयुक्त गिरमा गेलमले बताएकाे समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

इथियोपियाका जनजातिहरूको अधिकारका लागि गाउँदै आएका हाचालु हुन्देसाको मृत्युलाई लिएर ती समुदायले गरेको विरोधका कार्यक्रमले हिंसात्मक स्वरूप लिएको हो । हुन्देसाको गायनबाट उठेको सांस्कृतिक चेतनाको बलमा उठेको आन्दोलनले सन् २०१८ मा तत्कालीन प्रधानमन्त्रीलाई सत्ता छोड्न बाध्य पारेको थियो ।

हुन्देसालाई नचिनेका मानिसले गएको सोमबार गोली हानी हत्या गरेको थियो । आन्दोलन चर्किँदै गएपछि इथियोपियाका केही क्षेत्रमा इन्टरनेट सेवा काटिएको छ ।

हिंसात्मक आन्दोलनमा सहभागी भएको आरोपमा दुई हजार दुई सयभन्दा धेरै पक्राउ परेकाे खबरमा उल्लेख छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP