Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अन्तर्राष्ट्रिय कराते विजेता कपिलवस्तु टाेलीलाई विजयनगरको सम्मान

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २८ पाैष ।

भारत महाराष्ट्रकाे भाण्डुपमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनशिप २०२६ मा कपिलवस्तुबाट प्रतिनिधित्व गर्दै सहभागी भएको नेपाली टाेलीले प्रथम स्थान हासिल गरेको छ ।

इप्पोन युवा मार्शल आर्ट्स एण्ड स्पोर्ट्स फाउन्डेसनको आयोजनामा सम्पन्न प्रतियोगितामा कपिलवस्तुकाे शिवराज नगरपालिका र विजयनगर गाउँपालिकाका कराते खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण सफलता हात पारेकाे कराते प्रशिक्षक रामु सुनारले जानकारी दिए ।

उक्त ऐतिहासिक उपलब्धीपछि सोमबार विजयनगर गाउँपालिकाले विजेता खेलाडी टाेलीलाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ । दाेसल्ला र टीका लगाई खेलाडीहरुलाई सम्मान गरिएको हाे । सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले खेलकुदले व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

अध्यक्ष थापाले यस्तो अन्तर्राष्ट्रिय सफलता प्राप्त हुनु नेपाल सहित पालिकाकै गर्वको विषय भएको उल्लेख गर्दै खेलमा सहभागी गराउने अभिभावकलाई धन्यवाद समेत व्यक्त गरे । अध्यक्ष थापाले कराते लगायत सम्पूर्ण खेलकुदको प्रवर्द्धन तथा खेलाडीहरूको हौसला अभिवृद्धिका लागि गाउँपालिकाले सधैं सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

सम्मान कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा, कार्यपालिका सदस्य टंक बहादुर सुनार लगायतकाे उपस्थिति रहेको थियो ।

कराते प्रतियोगितामा सुसान्त महरा, हरि नारायण यादव, सञ्जय कोरी, आशिष यादव, असिफ खान, अस्फाक कुजडा, अर्बाजकाे सहभागिता रहेको थियाे ।

 

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP