Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कृष्णनगर-२ का वडा अध्यक्ष गुप्ताको निधन

कृष्णनगर, ५ माघ ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका-२ का वडा अध्यक्ष कृष्ण कुमार गुप्ताको आकस्मिक निधन भएको छ । भारतको असम राज्यस्थित गुवाहाटी नजिकै निलाचल पहाडमा रहेको प्रसिद्ध कामाख्या देवीको दर्शन गरी भुवनेश्वरी माताको दर्शन पश्चात् उनको अचानक मृत्यु भएको जनाइएको छ । उनी गत स्थानीय तहकाे निर्वाचनमा नेकपा (एमाले) बाट लाेकप्रिय मतान्तरले विजयी भएका थिए ।

धार्मिक यात्राका क्रममा पूर्ण रूपमा स्वस्थ देखिएका वडा अध्यक्ष गुप्ताको एक्कासी निधन भएको खबर आएपछि परिवार, आफन्त, स्थानीयवासी तथा नगरवासीहरू शोकमा डुबेका छन् ।  उनको निधनको कारणबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताइएको छ ।

वडा अध्यक्ष गुप्ता स्थानीय तहमा लोकप्रिय जनप्रतिनिधिका रूपमा चिनिन्थे । विकास निर्माण, सामाजिक सेवा तथा जनसमस्याको समाधानमा सक्रिय भूमिका खेल्दै आएका उनको असामयिक निधनले कृष्णनगर नगरपालिका स्तब्ध बनाएको छ ।

उनको निधनप्रति दुःख व्यक्त गर्दै कृष्णनगर नगरपालिकाले भाेलि (मंगलबार) शोक बिदा दिने निर्णय गरेको नगर प्रमुुख रजत प्रताप शाहले जानकारी दिए ।

स्थानीय राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न संघ-संस्थाले पनि वडा अध्यक्ष गुप्ताको निधनलाई अपूरणीय क्षति भएको बताएका छन् । उनको सरल स्वभाव, जनमुखी कार्यशैली र समर्पण भावलाई स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गर्ने क्रम जारी छ ।

स्वर्गीय कृष्ण कुमार गुप्ताको पार्थिव शरीर नेपाल ल्याउने प्रक्रिया र अन्त्येष्टिको कार्यक्रमबारे परिवार तथा सम्बन्धित निकायबाट थप जानकारी आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP