Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

जर्मन गालुश्चेन्को देश छोडेर भाग्न खोज्दै गर्दा सीमा क्षेत्रबाट पक्राउ

युक्रेनका पूर्वऊर्जामन्त्री जर्मन गालुश्चेन्को देश छोडेर भाग्न खोज्दै गर्दा सीमा क्षेत्रबाट पक्राउ परेका छन्।भ्रष्टाचारको गम्भीर अभियोग लागेका गालुश्चेन्कोलाई गएराति पोल्याण्डतर्फ जान लागेको रात्रिकालीन रेलबाट युक्रेनी सीमा सुरक्षा बल र भ्रष्टाचार विरोधी ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो।युद्धको समयमा १८ देखि ६० वर्षका पुरुषलाई देश छोड्न प्रतिबन्ध भए पनि, उनले आफू तीनभन्दा बढी सन्तानको पिता भएको कानुनी प्रावधानको सहारा लिएर विदेश उड्ने योजना बनाएका । तर, उनका सन्तानहरू पहिले नै विदेशमा रहेको र पहिलेदेखि नै निगरानी भइरहेकाले सुरक्षाकर्मीले उनलाई रेलबाटै ओरालेर हिरासतमा लिएका हुन्।गालुश्चेन्कोमाथि ऊर्जा पूर्वाधार मर्मतका लागि छुट्याइएको करिब १३ अर्ब नेपाली रुपैयाँ बराबरको बजेट हिनामिना गरेको र राज्यको आणविक ऊर्जा कम्पनीका ठेकेदारहरूबाट मोटो रकम कमिसन लिएको गम्भीर आरोप छ।अपरेसन मिडास नाम दिइएको यस अनुसन्धानले युक्रेनी सरकारको उच्च तहमा भएको भ्रष्टाचारको जालोलाई सतहमा ल्याइदिएको छ।राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका नजिक मानिने गालुश्चेन्कोको यो गिरफ्तारीले युरोपेली संघको सदस्यताका लागि सुशासन र भ्रष्टाचार नियन्त्रणको दबाबमा रहेको युक्रेनलाई ठूलो नैतिक संकटमा पारेको छ । थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP