Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा संकास्पद वस्तु फेला, सुरक्षा सतर्कता बढाइयो

कृष्णनगर, ५ फागुन ।

कपिलवस्तुकाे दुई फरक स्थानमा संकास्पद वस्तु फेला परेपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ भने सुरक्षा सतर्कता बढाइएको छ ।

पहिलो घटना तौलिहवा बहादुरगंज अन्तर्गत पर्ने बाणगंगा पुल मा भएको हो । पुलमा संकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

त्यसैगरी महाराजगंज नगरपालिका-२ बरगदा स्थित पूर्व-पश्चिम हुलाकी सडक अन्तर्गत बाणगंगा नदीको पुलमा पनि एउटा संकास्पद वस्तु (बम जस्तो देखिने) राखिएको सूचना प्राप्त भएको छ । दुवै स्थानमा सुरक्षाकर्मी परिचालन गरी क्षेत्रलाई नियन्त्रणमा लिइएको छ ।

यस्तै गोरुसिङे-बनगाइ सडक खण्ड अन्तर्गत पर्ने जङ्गल क्षेत्रको ड्राइ नाला नजिक पनि अर्को संकास्पद वस्तु फेला परेको छ । उक्त वस्तु निष्क्रिय पार्न नेपाली सेना को टोली घटनास्थलमा पुगेर आवश्यक तयारी गरिरहेको जनाइएको छ ।

सुरक्षा निकायले सर्वसाधारणलाई अनावश्यक भीड नगर्न तथा शंकास्पद गतिविधि देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP