Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

गाजामा इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको संख्या ७५ हजार

गाजामा इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको संख्या ७५ हजार नाघेको छ।अल जजिराका अनुसार भर्खरै सार्वजनिक भएका केही स्वतन्त्र अध्ययनहरूले गाजाको स्वास्थ्य मन्त्रालयले यसअघि सार्वजनिक गर्दै आएको तथ्यांकभन्दा वास्तविक मृत्युदर निकै उच्च रहेको पुष्टि गरेका छन्। द ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित एक पियर–रिभ्युड अध्ययनले आधिकारिक तथ्यांकमा समेटिएका विवरणहरू अपूर्ण रहेको र हजारौँ मानिसहरूको मृत्यु अभिलेखीकरण हुन बाँकी रहेको देखाएको छ।विशेषगरी भग्नावशेषमुनि पुरिएका, अस्पतालसम्म पुग्न नसकेका र भोकमरी वा उपचारको अभावमा ज्यान गुमाएका व्यक्तिहरूको संख्या आधिकारिक गणनामा नसमेटिएको शोधकर्ताहरूको निष्कर्ष छ।जस अनुसार ७५ हजारको यो आँकडामा ठूलो हिस्सा महिला र बालबालिकाको रहेको छ। अक्टोबर २०२५ मा भएको युद्धविरामको सम्झौतापछि पनि इजरायली आक्रमणहरूमा ६०० भन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्।स्वास्थ्य सुविधाहरूको पूर्ण विनाश र अत्यावश्यक औषधिको अभावले गर्दा घाइतेहरूको मृत्यु हुने दर पनि बढिरहेको छ। कूटनीतिज्ञहरूले यो डरलाग्दो मानवीय क्षतिको विरोध गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा इजरायलले गरेको युद्धविराम उल्लंघनको निन्दा गरेका छन्। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP