विजयनगर, १२ फागुन ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा समृद्धि र पूर्वाधार विकासको यात्रा निरन्तर अगाडि बढिरहेको छ । गाउँपालिकाले विकास निर्माणका योजनालाई तीव्र गतिमा कार्यान्वयन गर्दै जाने क्रममा वडा नं. ५ अन्तर्गत देवीपुर-डालपुर जोड्ने विश्वा खोलामा पक्की मोटरेबल पुल निर्माण कार्य सुरु गरेको छ ।
गाउँपालिकाका अध्यक्ष थापाले उक्त पुल निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको जानकारी दिनुभएको छ । उहाँका अनुसार पुल निर्माण सम्पन्न भएपछि देबिपुर र डालपुर क्षेत्रका स्थानीयवासीलाई वर्षौंदेखि भोग्दै आएको आवागमन समस्याबाट राहत मिल्नेछ ।
वर्षायाममा खोलामा पानी बढ्दा आवतजावत पूर्णरूपमा प्रभावित हुने समस्या अब समाधान हुने अपेक्षा गरिएको छ । पुल निर्माणसँगै स्थानीय कृषि उत्पादनको ढुवानी, व्यापार-व्यवसाय, शिक्षा तथा स्वास्थ्य सेवामा समेत सहज पहुँच पुग्ने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ ।
स्थानीय बासिन्दाले पनि पुल निर्माण कार्य सुरु भएकोमा खुसी व्यक्त गर्दै समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । गाउँपालिकाले विकासका यस्ता पूर्वाधार आयोजनालाई प्राथमिकतामा राख्दै “समृद्ध विजयनगर” निर्माण अभियानलाई थप सशक्त बनाउने जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया