Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शाहको तीव्र चुनावी अभियान, घरदैलोमा उत्साहजनक समर्थन

कृष्णनगर, १३ फागुन ।

नेपाली काँग्रेस का तर्फबाट कपिलवस्तु क्षेत्र नं. ३ का उम्मेदवार अभिषेक प्रताप शाह ले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्। निर्वाचन नजिकिँदै जाँदा शाह यतिबेला गाउँ-गाउँ, टोल-टोल र घर-घर पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै समर्थन माग्न सक्रिय छन् ।

घरदैलो कार्यक्रमअन्तर्गत उनले स्थानीय बासिन्दासँग छलफल गर्दै उनीहरूका समस्या, आवश्यकता र सुझाव संकलन गरिरहेका छन् । खानेपानी, सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र रोजगारीका विषयमा जनताले राखेका मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

अभियानका क्रममा पार्टीका स्थानीय नेता-कार्यकर्ता उल्लेख्य रूपमा परिचालित भएका छन् । विभिन्न स्थानमा आयोजित कोणसभा र भेटघाट कार्यक्रममा स्थानीयको सहभागिता उत्साहजनक देखिएको छ । समर्थकहरूले शाहको विगतको राजनीतिक अनुभव र संविधान निर्माणमा खेलेको भूमिकालाई सकारात्मक रूपमा लिएको बताएका छन् । शाह यसअघि संविधान सभा सदस्यसमेत भइसकेका छन् ।

शाहले आफू जनताको सुख-दुःखमा सधैं साथ दिने प्रतिबद्धता दोहोर्‍याउँदै क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन योजना अघि सार्ने बताएका छन् । “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले एक कार्यक्रममा भने, “क्षेत्र नं. ३ को विकास र समृद्धिका लागि म पूर्ण रूपमा समर्पित रहनेछु।”

कपिलवस्तु क्षेत्र नं. ३ मा चुनावी प्रतिस्पर्धा रोचक बन्दै गइरहेको छ । उम्मेदवारहरूको सक्रियता बढेसँगै चुनावी माहोल तातेको छ भने मतदाता पनि आफ्नो निर्णयप्रति सजग देखिएका छन् । शाहको निरन्तर घरदैलो र जनसम्पर्क अभियानले क्षेत्रीय राजनीतिमा नयाँ ऊर्जा थपेको समर्थकहरूको दाबी छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP