Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

इरानमा सैन्य कारबाही क्रममा तीन अमेरिकी सैनिकको मृत्यु

इरानमा सैन्य कारबाही क्रममा तीन अमेरिकी सैनिकको मृत्यु भएको छ।इरानमाथिको सैन्य कारबाहीलाई अमेरिकाले अपरेसन एपिक फ्युरी नाम दिएको छ।अपरेसनमा तीन सैनिक मारिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) आइतबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।कारबाहीमा पाँच जना सैनिक गम्भीर घाइते भएको पनि सेन्टकमले जनाएको छ।अन्य केही सैनिक सामान्य घाइते भएको पनि बताइएको छ। उनीहरूको शरीरमा छर्रा र टाउकोमा सामान्य चोट लागेको छ।सामान्य घाइते भएका सैनिकहरूलाई उपचारपश्चात पुन ड्युटीमा फर्काइने बताइएको छ।‘ठूला कारबाहीहरू जारी छन्। हाम्रो प्रतिकार प्रयास निरन्तर भइरहेको छ,’ सेन्टकमले जनाएको छ। अवस्था संवेदनशील रहेकाले मृतक सैनिकहरूको नामसहित थप विवरण भने आफन्तलाई जानकारी गराएको २४ घण्टापछि मात्र सार्वजनिक गरिने बताइएको छ।ती सैनिकहरू कसरी मारिए भन्ने स्पष्ट भइसकेको छैन।
यद्यपि, इरानले अमेरिकाले र इसराइलले इरानविरुद्ध सुरु गरेको आक्रमणको जवाफस्वरूप शनिबारदेखि क्षेत्रका अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएको छ।यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहान सार्वजनिक भिडियो सन्देशमार्फत उक्त कारबाहीका क्रममा अमेरिकी सैनिकको ज्यान जान सक्ने चेतावनी दिएका थिए।‘युद्ध हो। सैनिकहरू मारिएको हुन सक्छन्। तर हामीले अहिलेका लागि होइन। भविष्यका लागि सोच्नुपर्छ,’ उनले भनेका थिए।इरानमा संयुक्त कारबाहीमा सर्वोच्च नेता आयातोल्लाह अली खमेनी मारिएका छन्। वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP