Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कपिलवस्तु-२ मा कडा प्रतिस्पर्धा : मत विभाजनले नतिजा प्रभावित गर्ने संकेत

कृष्णनगर, १८ फागुन ।

कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि यसपटकको चुनावी प्रतिस्पर्धा निकै रोचक र बहुआयामिक बनेको छ । प्रमुख दलका उम्मेदवारहरूबीच कडा टक्कर देखिएको छ भने मत विभाजन निर्णायक बन्न सक्ने संकेत देखिएका छन् ।

नेपाली काँग्रेसबाट रुख चिन्ह लिएर उम्मेदवारी दिएका सुरेन्द्रराज आचार्य यसअघि झिनो मतान्तरले निर्वाचित भएका थिए । तर यसपटक उनको जनाधार अघिल्लो चुनावको तुलनामा कमजोर देखिएको विश्लेषण गरिएको छ । जनताका अपेक्षा अनुसार मन्त्री भएर पनि काम गर्न नसकेको आरोपका कारण मतदातामा असन्तुष्टि बढेको बताइन्छ ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चिन्ह लिएर उम्मेदवारी दिएका पूर्व एसएसपी बिक्रम सिंह थापा मैदानमा उत्रिएपछि प्रतिस्पर्धा थप रोचक बनेको छ । काँग्रेसप्रति असन्तुष्ट मत तान्ने प्रयासमा रहेका थापाको उम्मेदवारीले आचार्यको मतमा प्रभाव पार्ने आँकलन गरिएको छ । यद्यपि उनीमाथि विगतमा लागेका विभिन्न आरोपका कारण मतदातामा पूर्ण विश्वास स्थापित हुन नसकेको चर्चा छ ।

उता नेपाली कम्युनिष्ट पार्टीबाट तारा चिन्ह लिएर उम्मेदवारी दिएका बृजेश कुमार गुप्ता यस पटक बलियो दाबेदारका रूपमा देखिएका छन् । गत प्रतिनिधि सभा निर्वाचनमा झिनो मतान्तरले उपविजेता बनेका गुप्ता पूर्व मन्त्रीसमेत हुन् । आफ्नो कार्यकालमा विभिन्न विकास निर्माणका काम अघि बढाएको दाबी गर्दै आएका उनीप्रति यसपटक सकारात्मक जनमत देखिएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उम्मेदवारी दिएका दिर्घ नारायण पाण्डेप्रति भने उल्लेख्य जनआकर्षण नदेखिएको टिप्पणी गरिएको छ । पटक-पटक पार्टी परिवर्तन गरेको पृष्ठभूमिका कारण मतदातामा विश्वासको कमी देखिएको बताइन्छ । समग्रमा हेर्दा कपिलवस्तु-२ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।

काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको सम्भावित मत बाँडफाँटले नेपाली कम्युनिष्ट पार्टीका गुप्तालाई लाभ पुग्न सक्ने अनुमान गरिएको छ । अन्तिम परिणाम भने मतदाताको निर्णयमा निर्भर रहनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP