Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कपिलवस्तु-१ मा चुनावी सरगर्मी : स्वतन्त्रदेखि प्रमुख दलसम्म कडा प्रतिस्पर्धा

 

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका लागि चुनावी सरगर्मी तीव्र बनेको छ । बहुकोणीय प्रतिस्पर्धाका बीच प्रमुख दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार आ-आफ्नो पक्षमा माहोल बनाउन सक्रिय देखिएका छन् ।

यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार आशिष शर्माले ‘जीप’ चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् । नेपाली काँग्रेसबाट असन्तुष्ट भएपछि स्वतन्त्र उम्मेदवारी दिएका शर्माले घरदैलो, टोलभेला र सामाजिक सञ्जालमार्फत आक्रामक प्रचार गरिरहेका छन् ।

विशेषगरी युवातर्फ उनको आकर्षण बढ्दो देखिएको स्थानीयको भनाइ छ । नयाँ सोच र वैकल्पिक नेतृत्वको एजेन्डासहित मैदानमा उत्रिएका शर्माको पक्षमा जनलहर देखिएको दाबी समर्थकहरूले गरेका छन् ।

यता नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएका कृष्ण बहादुर कुँवर ‘तारा’ चिन्ह लिएर प्रतिस्पर्धामा छन् । पार्टी संगठन र वाम मतदाताको आधार बलियो रहेको भन्दै कुँवरले जितको सम्भावना देखिएको टिप्पणी भइरहेको छ । अन्य उम्मेदवारको तुलनामा कुँवर संगठित ढंगले चुनावी अभियान अघि बढाइरहेका छन् । अरु पार्टीमा आकर्षण नदेखिँदा निर्वाचन जित्ने दाउमा छन् ।

नेपाली काँग्रेसबाट अतहर कमाल चुनावी मैदानमा छन् । पार्टीको परम्परागत मताधार जोगाउँदै थप मत आकर्षित गर्ने रणनीतिमा रहेका कमालले विकास, समावेशिता र क्षेत्रीय मुद्दालाई प्राथमिकतामा राखेर प्रचार गरिरहेका छन् । काँग्रेसभित्रको असन्तुष्टिको असर मतपरिणाममा कत्तिको पर्छ भन्ने चासो पनि बढेको छ ।

त्यसैगरी नेकपा एमालेबाट विश्राम प्रसाद चौधरी उम्मेदवार बनेका छन् । यद्यपि स्थानीय स्तरमा उनको चर्चा अन्य प्रतिस्पर्धीको तुलनामा कम देखिएको बताइन्छ । एमालेको संगठन भए पनि जनमत तुलनात्मक रूपमा कमजोर देखिएको विश्लेषण गरिएको छ ।

अन्य उम्मेदवारहरूको प्रभाव उल्लेखनीय नदेखिएकाले मुख्य प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार शर्मा र नेकपा तर्फका कुँवरबीच केन्द्रित हुने आँकलन गरिएको छ । युवातर्फ बढ्दो मतदाता आकर्षण र पार्टीगत समीकरणले अन्तिम परिणाम कस्तो आउँछ भन्नेमा व्यापक चासो बढेको छ ।

कपिलवस्तु-१ मा यसपटकको चुनाव केवल दलगत प्रतिस्पर्धामात्र नभई नयाँ र पुराना राजनीतिक शक्तिबीचको परीक्षणका रूपमा हेरिएको छ । मतदाताको अन्तिम निर्णयले क्षेत्रको राजनीतिक दिशा तय गर्नेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP