Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रहरीमाथि आक्रमण गर्ने एक युवालाई गोली हानेर समाते

काठमाडौं : मकवानपुरमा प्रहरीमाथि आक्रमण गर्ने एक युवालाई गोली हानेर समातेको छ।मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा प्रहरी कारबाहीका क्रममा गोली हानेर उक्त युवालाई समानेतको हो। गएराति करिब २१ बजे उक्त क्षेत्रमा लागुऔषध सेवन तथा झै–झगडा भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी चौकी पदमपोखरीबाट प्रसनि दिलबहादुर तामाङको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।प्रहरी टोलीले घटनास्थलमा पुगेर संलग्न व्यक्तिहरूलाई सोधपुछ गर्ने क्रममा उनीहरूले एक्कासी प्रहरीमाथि आक्रमण गरेका थिए। आक्रमणका क्रममा तामाङमाथि बियरको बोतल, खुकुरी र बन्चरोले प्रहार गर्दा उनका दुबै हातमा चोट लागेको थियो।उनले आत्मरक्षाका लागि पेस्तोलबाट फायरिङ गर्दा हेटौंडा उपमहानगरपालिका–१२ हात्तिगौडा बस्ने वर्ष अन्दाजी १९ का सनिस तितुङको पेटको दाहिने भागमा गोली लागेको प्रहरीले जनाएको छ। उनको चुरेहिल सिएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीको कमाण्डमा थप प्रहरी टोली खटिएको थियो।उक्त घटनामा संलग्न हेटौंडा उपमहानगरपालिका–१२ रमनटार बस्ने वर्ष अन्दाजी २४ का सन्जय जिम्बा र सोही स्थानका वर्ष अन्दाजी ३५ का अजय थिङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।प्रहरीका अनुसार पक्राउ परेका दुवै जना तथा गोली लागेका युवक विगतमा लागुऔषध, ज्यान मार्ने उद्योग तथा चोरी जस्ता विभिन्न अपराधमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP