Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

निशानामा हर्मुज जल डमरु, कच्चा तेल आपूर्ति ठप्प हुने जोखिम

सामरिक र व्यापारिक दृष्टिकोणले विश्वकै अति संवेदनशील मानिने हर्मुज जलडमरु भनिने स्ट्रेट अफ हर्मुज तनावग्रस्त बनेको छ।इरान र अमेरिका–इजरायलबीच युद्धका कारण बढ्दो तनावले हर्मुज प्रभावित हुँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको आपूर्ति ठप्प हुने जोखिम बढेको छ।यस जलक्षेत्रमा रहेका तीनवटा ठूला व्यापारिक जहाजमाथि शृंखलाबद्ध क्षेप्यास्त्र प्रहार भएपछि यो मार्ग युद्धमैदानमा परिणत भएको हो। आक्रमणमा परेको थाइल्याण्डको मालबाहक जहाज मयुरी नरीमा भीषण आगलागी भएपछि चालक दलका सदस्यहरूले जहाज छाड्नुपरेको छ भने समुद्री मार्गमा सुरक्षा जोखिम बढेका कारण ८० प्रतिशतभन्दा बढी जहाजहरूको आवागमन रोकिएको छ।यसैबीच, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानले समुद्रमा बिछ्याउन लागेका १६ वटा विस्फोटक माइन जहाजहरूलाई आफ्ना लडाकु विमानले नष्ट गरिदिएको दाबी गरेको छ। इरानको रिभोलुसनरी गाड्र्सले भने आफ्नो जलक्षेत्रमा विदेशी हस्तक्षेप बढेको भन्दै थप कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।अन्तर्राष्ट्रिय समुदायले यो द्वन्द्वले विश्व अर्थतन्त्रलाई नै धराशायी बनाउने चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले इरानलाई खाडी मुलुकमाथिको आक्रमण तत्काल रोक्न माग गर्दै विशेष प्रस्ताव पारित गरेको छ भने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सम्भावित तेल अभाव टार्न आफ्नो आपत्कालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा पठाउने तयारी थालेको छ।यदि यो जलमार्ग लामो समयसम्म बन्द रहेमा विश्वभर पेट्रोलियम पदार्थको मूल्य आकासिने र आपूर्ति व्यवस्था पूर्ण रूपमा ठप्प हुने निश्चित देखिएको छ। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP