Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

गोरखामा माइक्रोबस दुर्घटनामा ज्यान गुमाउने हरूको पहिचान खुल्यो

गोरखामा माइक्रोबस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरूको पहिचान खुलेको छ।शनिबार बेलुका करिब ८ बजे सहिद लखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कँदै गरेको इभी माइक्रोबस सडकबाट करिब २ सय मिटर तल खस्दा सात जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने नौ जना गम्भीर घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस १४ जना तीर्थयात्रु मनकामना मन्दिर दर्शन गरेर गन्तव्यतर्फ फर्कने क्रममा अचानक नियन्त्रण गुमाएर सडकबाट दुई सय मिटर तल झरेको थियो।१४ जना सवार मध्ये सात जनाको घटनास्थलमै मृत्यु भएकोमा पाँच पुरुष र दुई जना महिलाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइतेलाई चितवनको भरतपुर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।दुर्घटनामा परी ज्यान गुमाउनेहरू भारतीय नागरिकको रहेको प्रहरीले जनाएको छ। जसमा भारतका ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीय मिनाक्षी, ५३ वर्षीय सिबगामी, ५७ वर्षीय बिजायल, ५८ बर्षिय मिना र ६० वर्षीय तमिलारशी सबै एकै ठाउँका भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख भरत बहादुर बिकले बताए।दुर्घटनामा परी गम्भीर घाईतेहुनेमा माइक्रोबस चालक लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका –१ का ४६ वर्षीय पुष्प मल्ल ठकुरी, सहचालक लमजुङ बेँसीसहर नगरपालिका –३ का २९ वर्षीय सन्तोष गुरुङ रहेका छन्।त्यस्तै अन्य घाईतेहनेमा भारतका ६२ वर्षीय सोरनस, ६५ वर्षीय मंगदा जलम, ७५ वर्षीय शुभद्रा, ६५ वर्षीय मयाल, ७३ वर्षीय सरोजा, ६५ वर्षीय भाग्यलक्ष्मी र ३४ वर्षीय मिनाक्षीलाई चितवनको पुरानो मेडिकल कलेज उपचार भइरहेको छ।घट्नापछि प्रहरी टोली र स्थानीय सहयोगमा थप उद्धारकार्य सम्पन्न गरी मृतक शवलाई गोरखा अस्पताल ल्याउने काम भइरहेको छ भने गम्भीर घाइतेलाई चितवनको पुरानो मेडिकल कलेजमा उपचार गर्ने काम भइरहेको प्रहरीको भनाइ छ। थाहा खबर
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP