Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दाउराको धुवाँबाट मुक्ति : ६ सय ६९ घरधुरीलाई ‘विद्युतीय चुलो’

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १ चैत्र ।

स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले विजयनगर गाउँपालिकामा ६ सय ६९ घरधुरीलाई विद्युतीय चुलो वितरण गरिने भएको छ । आइतबार वडा नम्बर १ का नागरिकलाई विद्युतीय चुलाेे वितरण गरिएको छ । क्रमशः सबै वडामा लाभग्राहीहरुले फारम भरेर माग गरे अनुसार विद्युतीय चुलाे वितरण गरिनेेछ ।

गाउँपालिकामा सञ्चालित स्वच्छ ऊर्जा कार्यक्रम अन्तर्गत वैकल्पिक ऊर्जा, हरित जलवायु कोष र गाउँपालिकाको लागत साझेदारीमा उक्त चुलो वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । लाभग्राहीलाई ७७ प्रतिशत अनुदानमा विद्युुतीय चुलाे गर्न लागिएको हाे । स्वच्छ ऊर्जा परिचालक तथा नवीकरणीय ऊर्जा शाखाका दामु विश्वकर्माले कार्यक्रम अन्तर्गत ६ सय ६९ जनालाई विद्युतीय चुलो वितरण गर्ने तयारी गरिएको जानकारी दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले स्वच्छ ऊर्जा प्रयोग बढाउनु आजको आवश्यकता भएको बताउँदै विद्युतीय चुलो प्रयोगले वातावरण संरक्षणसँगै नागरिकको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने उल्लेख गरे । स्वच्छ ऊर्जा प्रयोगले दाउरा र धुवाँको प्रयोग घटाउने तथा वातावरण संरक्षणमा टेवा पुग्ने अध्यक्ष थापाकाे भनाई छ ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले गाउँपालिकाले वातावरणमैत्री प्रविधि प्रयोगलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरेको बताए । उनले वैकल्पिक उर्जा प्रयोगमा जाेड दिन आवश्यक रहेकाे जिकिर गरे ।

कार्यक्रममा वास संयोजक अर्जुन बेल्बासे लगायतले पनि स्वच्छ ऊर्जा प्रयोगले घरभित्रको धुवाँ प्रदूषण कम हुने र दाउराको प्रयोग घट्दै जाने विश्वास व्यक्त गरेका थिए ।गाउँपालिकाले आगामी दिनमा पनि स्वच्छ तथा नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP