Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

रूपन्देहीमा आठ लाख बढीको भन्सार छलीका सामान बरामद

रूपन्देहीमा आठ लाख बढीको भन्सार छलीका सामान बरामद बुटवल — रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा ल्याइएका ८ लाख ७० हजार ३ सय २० रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा ती सामान बरामद गरेको हो । बरामद सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहियामा पठाइएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार रोहिणी गाउँपालिका–६ बोधबारबारबाट ५० हजार मूल्य बराबरको यूपी ५६ ए ३४८९ नम्बरको मोटरसाइकलसहित १४ वटा ब्रोइलर कुखुरा बरामद गरिएको छ । सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट ८४ हजार बराबरका २३ पिस लेडिज सुट र किराना सामान आठ बोरा बरामद गरिएको रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए ।त्यस्तै बुटवल उपमहानगरपालिका–२ पाखापानीबाट १३ हजार ६ सय बराबरको ३४ किलो सुपारी र सिद्धार्थनगर–२ केउटोलियाबाट १ लाख ४२ हजार ५ सय बराबरका २ सय ८५ पिस कुर्ता–सुरुवाल बरामद गरिएको प्रहरीले जनाएको छ । मायादेवी गाउँपालिका–८ उचिमीबाट ९७ हजार बराबरका ब्रा २ सय ६४ पिस, पेन्टी २ सय ७६ पिस र लुंगी २० पिस बरामद गरिएको छ ।  वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP