Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शिवराज-७ मा कृषकलाई सम्मान तथा बिउ वितरण

कृष्णनगर, ३ चैत्र ।

कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नम्बर ७ मा कृषक सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडाभित्रका २ सय कृषकलाई दाेसल्ला ओढाएर सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । यसै अवसरमा कृषकहरुलाई तरकारीका विभिन्न बिउसमेत वितरण गरिएको हो ।

वडा अध्यक्ष अनुप कुमार चौधरीले कृषकहरूलाई लौका, भिण्डी, करेला र बोडी लगायतका तरकारीका बिउ समेत उपलब्ध गराइएको बताए । कृषि क्षेत्रको विकासमा योगदान पुर्‍याउने कृषकहरूको मनोबल उच्च बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

कार्यक्रममा वडा अध्यक्ष चौधरीले कृषक अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै कृषकहरुकाे सम्मान र प्रोत्साहन बिना कृषि क्षेत्रको विकास सम्भव नहने बताए । उनलेे यस्ता कार्यक्रमले कृषकहरूलाई अझ उत्पादनमुखी बनाउन मद्दत पुग्ने विश्वास लिएको जिकिर गरे ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा कृषकहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले यस प्रकारका कार्यक्रमले कृषकलाई थप प्रेरित गर्ने बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP