Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कृष्णनगर १० मा समुदाय स्तरमा स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम

भाेला गुप्ता

कृष्णनगर, ३ चैेत्र ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा समुदाय स्तरमा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले एक कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिकाको नागरिक आरोग्य केन्द्रको आयोजनामा वडा नम्बर १० मा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा स्थानीय बासिन्दालाई सन्तुलित आहार, नियमित व्यायाम, सरसफाइ तथा नसर्ने रोगबाट बच्ने उपायहरूबारे जानकारी दिइएको थियो । स्वास्थ्यकर्मीहरूले स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्दै दैनिक जीवनमा साना तर महत्वपूर्ण परिवर्तनले दीर्घकालीन स्वास्थ्यमा सकारात्मक असर पार्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष हरिपाल चतुर्वेदीले स्वस्थ समाज निर्माणका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको उल्लेख गरे । उनले स्वस्थ नागरिक नै समृद्ध समाजको आधार भएको बताउँदै त्यसैले यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

नगरपालिकाले यस कार्यक्रमलाई सबै वडामा विस्तार गर्ने योजना बनाएको जनाएको छ । नागरिक आरोग्य केन्द्रका प्रतिनिधिहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP