Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन

काठमाडौं : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आन्तरिक ऋणको सीमा निर्धारण गर्दै तीनै तहका सरकारलाई उत्पादनशिल योजनामा मात्रै आन्तरीक ऋण लिएर परिचालन गर्न निर्देशन दिएको छ।

आयोगले ऋणको सीमा निर्धारण गर्दै त्यस्तो ऋण जथाभावी रुपमा परिचालन नगर्न तीनै तहका सरकारलाई सचेत पारेको हो। आयोगकाअनुसार आन्तरिक ऋणलाई रोजगारी सिर्जना, दीर्घकालीन लाभ, पूर्वाधार विकास तथा पुँजी निर्माण हुने आयोजनामा मात्र विनियोजन गर्नुपर्नेछ।

तीनै तहका सरकारले चालु तथा प्रशासनिक खर्चमा कडाइका साथ त्यस्तो ऋण निषेध गर्नुपर्नेछ। आयोजनाको लागत लाभ विश्लेषण, खुद वर्तमान मूल्य तथा वित्तीय/आर्थिक आन्तरिक प्रतिफल दर उच्च भएका नाफामुलक आयोजना तथा सामाजिक आयोजनामा मात्र ऋण उपयोग गर्नुपर्नेछ। ऋणबाट प्राप्त प्रतिफलबाट नै सावाँ र ब्याज तिर्न सकिने सुनिश्चितता भएका पूर्वतयारी सम्पन्न आयोजनामा मात्र परिचालन गर्न तीनै तहका सरकारलाई आयोगले भनेको छ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐनअनुसार नेपाल सरकारको स्वीकृति लिएपछि मात्र प्रदेश तथा स्थानीय तहले बजेटमा आन्तरिक ऋण स्रोतको रूपमा उल्लेख गर्न, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्फत तीन तहको आन्तरिक ऋणको एकीकृत विद्युतीय सूचना, लेखांकन तथा प्रतिवेदन प्रणाली विकास गर्ने र आयोगलाई पनि पहुँच दिन भनेको छ।

त्यस्तै, ब्याजदर न्युन हुँदा अल्पकालीन उपकरण प्रयोग गरी ऋण उठाउने र नवीकरणलाई नयाँ ऋणको रूपमा संसदबाट अनुमोदन गरेर मात्र परिचालन गर्न र तीन तहका सरकारले आन्तरिक ऋण परिचालनको अनुमानित तथा वास्तविक विवरण क्षेत्रगत, आयोजनागत तथा स्रोतगत रूपमा आयोगमा उपलब्ध गराउन आयोगले भनेको छ।

आयोगले आन्तरिक ऋणलाई ‘भविष्यको राजश्व वर्तमानमा खर्च गरे सरह‘ मान्दै तीन तहका सरकारलाई सिफारिस सीमाभित्रै रहने गरी राजस्व सुधार कार्ययोजना बनाई कार्यान्वयन गर्न पनि भनेको दिएको छ। स्थानीय तहको पूर्वाधार निर्माणका लागि नेपाल सरकारले गठन गरेको विशिष्टीकृत संस्थाबाट हुने ऋण लगानीमा भने यो सीमा लागू नहुने आयोगले स्पष्ट पारेको छ।

वित्त आयोगको सिफारिस अनुसार आगामी वर्ष २०८३/८४ मा संघीय सरकारले कुल गार्हस्थ उत्पादन (जीडीपी) को अधिकतम ५.५ प्रतिशतसम्म आन्तरिक ऋण परिचालन गर्न सक्नेछन भने प्रदेश र स्थानीय तहले आफ्नो आन्तरिक राजश्व तथा राजस्व बाँडफाँटको योगफलको १२ प्रतिशतसम्म ऋण उठाउन पाउनेछन्। यो सिफारिस नेपालको समष्टिगत आर्थिक अवस्था, राजश्व–व्यय अनुमान, वित्तीय बजारको सहजता तथा ऋण व्यवस्थापनको आवश्यकतालाई आधार बनाएर गरिएको आयोगले जनाएको छ। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP