Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कपिलवस्तुकाे विजयनगरमा बेवारिसे २५ क्विन्टल खैर काठ बरामद

विजयनगर, ९ चैत्र ।

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका-३ उदयपुर क्षेत्रमा प्रहरीले बेवारिसे अवस्थामा रहेको खैर जातको काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गणेशपुर र प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार साँझ करिब ६ बजेतिर उक्त काठ फेला पारेको हो ।

प्रहरीका अनुसार पत्थरदेहिया प्रहरी चौकीबाट करिब २ किलो मिटर पश्चिम-दक्षिणतर्फ पर्ने भित्री सडक खण्डको किनारमा काठ वेवारिसे अवस्थामा राखिएको थियो ।

बरामद गरिएको काठ सानो-ठूलो गरी करिब १ सय गोलिया रहेको छ । उक्त काठकाे तौल अन्दाजी २५ क्विन्टल रहेको प्रहरीले जनाएको छ । उक्त काठको अनुमानित मूल्य करिब २ लाख रुपैयाँ बराबर रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार बरामद काठ आवश्यक कारबाहीका लागि शिवगढी सब-डिभिजन वन कार्यालय कपिलवस्तुमा पठाइएको छ । उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP