Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विजयनगरमा थारु समुदायका अगुवा ‘बडघर’लाई क्षमता विकास तालिम

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १३ चैत्र ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा थारु समुदायका अगुवा ‘बडघर’ हरूका लागि ३ दिने क्षमता विकास तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा थारु समुदायको परम्परागत नेतृत्व प्रणालीलाई सशक्त बनाउने उद्देश्यले थारु अगुवा, बडघर, महताेहरुलाई क्षमता विकास तालिम सञ्चालन गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुुख रेनु पाण्डेले जानकारी दिइन् ।

तालिममा बडघरहरूको भूमिका, नेतृत्व विकास, विवाद समाधान, सामाजिक न्याय, तथा स्थानीय शासन प्रणालीसँग समन्वयकाे साथै उनीहरूलाई कानुनी सचेतना, कानुनी व्यवस्था, कानुनी प्रक्रिया लगायतका विषयमा प्रशिक्षण दिइनेछ । सरकारी वकिलकाे कार्यालयका सह-न्यायधिवक्ता बुद्ध बहादुर थापाकाे सहजीकरणमा साे तालिम सञ्चालन भइरहेको छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले थारु समुदायको मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्दै कानुन संगत हिड्नुपर्नेमा जाेड दिए । यस नेतृत्व विकास तालिमले थारु समुदायका समस्या समाधानकाे विषयमा बडघरहरुलाई महत्वपूर्ण भूमिका निर्वाहमा टेवा पुग्ने अध्यक्ष थापाकाे भनाई छ ।

यस्तै गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले बडघर प्रथा प्रभावकारी भए पनि वर्तमान कानुनी व्यवस्थासँग केही विषयमा बाझिने अवस्था देखिएको बताउँदै यस प्रथालाई कानुनसम्मत ढङ्गले व्यवस्थित गर्दै अघि बढाउन आवश्यक रहेको धारणा व्यक्त गरिन् । उनले लाेप हुन लागेका थारु समुदायका परम्परागत संस्कृतिलाई जाेगाउनुपर्नेमा जाेड दिइन् ।

कार्यक्रममा सहभागी बडघरहरूले तालिमले आफ्नो नेतृत्व क्षमतामा वृद्धि भएको र समुदायस्तरमा उत्पन्न हुने विभिन्न समस्याहरू समाधान गर्न थप सहज हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रमलाई ५ का वडा अध्यक्ष अनवर माेहम्मद मुसलमान, थारु अगुवा प्रजापति चाैधरी लगायतले सम्बाेधन गरेका थिए ।

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP