Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विजयनगरमा बालबालिकाको पोषण अवस्था सुधार गर्न खाद्य सामग्री वितरण

घनश्याम भर

विजयनगर, १६ चैत्र ।

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा किड्सद्वारा सञ्चालित “सबल बालिका, सबल समुदाय” परियोजना अन्तर्गत घरायसी स्तरमा फुड डेमोन्स्ट्रेसन प्रवर्द्धन गर्न खाद्य सामग्री वितरण गरिएको छ । बालबालिकाको पोषण अवस्था सुधार गर्न तथा घरमै पोषणयुक्त खाना बनाउने अभ्यासलाई प्रोत्साहन गर्ने लक्ष्यले खाद्य सामग्री वितरण गरिएको आयाेजकले जनाएको छ ।

कार्यक्रम अन्तर्गत २ सय १७ जना बालबालिकालाई अण्डा १ क्यारेट, नुन १ किलो, चना १ किलो, मकै १ किलो, घ्यू २५० ग्राम, खाने तेल ५०० ग्राम र चिनी ५०० ग्रामका दरले वितरण गरिएको कार्यक्रम संयाेजक असगर हुसेन धुनियाले जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले बालबालिकाको पोषण सुधारमा ठोस योगदान दिने बताउँदै घरायसी स्तरमै पोषणयुक्त खाना बनाउने अभ्यास विकास हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गरिन् । यस्ता पहलहरूले आम अभिभावकमा सचेतना बढाई स्वस्थ समुदाय निर्माणमा सहयोग पुग्ने उनकाे भनाई छ ।

यस्तै ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमानले खाद्य सामग्री वितरण मात्र नभई यसले समुदायमा पोषणसम्बन्धी ज्ञान र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । यस्ता कार्यक्रमलाई निरन्तरता दिँदा बालबालिकाको स्वास्थ्य अवस्था सुधार हुँदै जाने र समुदाय अझ सशक्त बन्ने जिकिर गरे ।

परियोजनामार्फत स्थानीय स्तरमा बालबालिका तथा अभिभावकलाई पोषणसम्बन्धी ज्ञान र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP