कृष्णनगर, २० चैत्र ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिङे स्थित पूर्व-पश्चिम राजमार्ग खण्डमा प्रहरीले राजश्व छलिको आशंकामा ट्रकसहित ठूलो परिमाणमा मालसामान बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय गोरुसिङेबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ३८७७ नम्बरको ट्रकलाई गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिएको हो। ट्रकमा लोड गरिएको मालसामान र बिल-बिजकमा उल्लेखित विवरणबीच मूल्यमा फरक देखिएपछि प्रहरीले जाँच गरेको जनाएको छ ।
जाँचका क्रममा ट्रकमा जिरा, खुर्सानी, कपडा र जुत्ता लगायतका सामग्री फेला परेका छन् । बिल कागजात अनुसार ती सामानहरूको मूल्य रु. ६० लाख ४१ हजार ५ सय ४८ रुपैयाँको रहेको छ भने ट्रक (कन्टेनर) को मूल्य रु. ७० लाख आओकलन गरिएको छ । यसरी गाडी र सामानको कुल मूल्य १ कराेड ३० लाख ४१ हजार ५ सय ४८ रुपैयाँ पुगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार ट्रक चालक दाङको घोराही उपमहानगरपालिका-३ निवासी ४० वर्षीय छबिलाल घर्ती मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देही पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया