Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एनपिएलबाट ४७ करोडभन्दा बढी आम्दानी

काठमाडौं : नेपाल क्रिकेट सङ्घको साधारण सभा वैशाख २७ र २८ गते विराटनगरमा हुने भएको छ।

नेपाल क्रिकेट सङ्घ क्यानको सोमबार केन्द्रीय कार्यसमितिको बैठकबाट सो निर्णय पारित गरिएको हो।

शुक्रबारका लागि बोलाइएको बैठकमा असन्तुष्ट पक्षले बहिष्कार गरेपछि बैठक सोमबार बसेको हो। सो बैठकले चारवर्षे पदावधि समाप्त भएका क्यानका २० जिल्लाको कार्यकाल जेठ मसान्तसम्म थप गर्ने निर्णय गरिएको छ। जिल्ला सङ्घहरूले वार्षिक साधारण सभा सम्पन्न भएपछि २०८३ साल जेठ मसान्तभित्र निर्वाचन सम्पन्न गर्ने गरी मिति तय गरी क्यानमा जानकारी गराउनुपर्ने छ।

यसै गरी बोर्ड बैठकले नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो संस्करणको आयव्यय अनुमोदन गर्दै सन् २०२६ को वार्षिक कार्यक्रम तथा बजेट अनुमोदन गर्ने निर्णय गरेको छ।

एनपिएलको गभर्निङ काउन्सिलले बैठकमा कुल ४७ करोड ३६ लाख ५५९ रुपियाँ छ पैसा आम्दानी भएको जानकारी प्रस्तुत गरेको छ। आयव्यय विवरण अनुसार एनपिएलमा २१ करोड ९६ लाख पाँच हजार १२३ रुपियाँ खर्च भएको जनाएको छ।

जस अनुसार कुल २५ करोड ३९ लाख नाफा भएको छ। लिगमा सहभागी आठ टिमलाई कुल नाफाको आधा रकम बाँडफाँट गरिएको छ।

यसै गरी महिला क्रिकेटको विकासका लागि पनि लगानी गर्ने निर्णय भएको छ। आइसिसीको निर्देशनबमोजिम क्यानलाई वार्षिक रूपमा प्राप्त हुने बजेटबाट महिला क्रिकेट खेलको विकासका लागि पाँच लाख डलर लगानीको व्यवस्था गरिने छ।

सो बैठकले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको करार सम्झौता अवधि थपका लागि तथा हाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) मातहत सञ्चालनमा रहेको तल्लो मूलपानी क्रिकेट मैदान क्यानलाई हस्तान्तरण गर्नका लागि राखेपमार्फत नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय पनि गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा करार सम्झौता अवधि समाप्त हुँदै छ ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP