Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

इरान र अमेरिकाबीच भोलि इस्लामावादमा वार्ता

अमेरिका र इरानबीच शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता हुने भएको छ।

पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले पश्चिम एसियामा युद्धविरामको घोषणापछि पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामावादमा स्वागत गर्ने बताएका छन्।

पछिल्लो समयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग घनिष्ठ सम्बन्ध बनाउँदै छिमेकी इरानप्रति संवेदनशील रहेको पाकिस्तान अहिले तेहरान र वासिङ्टनबीच मध्यस्थकर्ताका रूपमा देखापरेको छ।

प्रधानमन्त्री सरिफले इस्लामावाद वार्ता दिगो शान्ति प्राप्त गर्न सफल हुने विश्वाससमेत व्यक्त गरेका छन्। तेहरान र वासिङ्टन दुवै राष्ट्रपति ट्रम्पको इरानलाई नष्ट गर्ने समयसीमा समाप्त हुनुभन्दा एक घण्टाअघिमात्र बुधबार बिहान दुई साताको युद्धविरामका लागि सहमत भएका हुन्।

पाकिस्तानको मध्यस्थतामा अमेरिका/इजरायल र इरानबीचको ४० दिने युद्ध रोकिएको हो। इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि युद्ध शुरु भएको थियो। इजरायल र अमेरिकाले फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित ५० भन्दा बढी उच्च नेता र अधिकारीको हत्या गरेका थिए।

त्यसलगत्तै तेहरानबाट प्रतिक्रियास्वरूप खाडी राष्ट्रहरू, अमेरिकी सैन्य अखडा र इजरायलमाथि जवाफी आक्रमण सुरु गरेको थियो।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP