Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मदरसाका विद्यार्थीलाई प्राेत्साहन गर्न साइकल र शैक्षिक सामग्री वितरण

विजयनगर, २६ चैत्र ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-५ कटुवा स्थित मदरसा दारूत तौहिदले विद्यार्थीहरूको शैक्षिक र धार्मिक मनोबल बढाउने उद्देश्यले पुरस्कार स्वरुप साइकल, कपी र पेन्सिल वितरण गरिएको छ । बिहिबार मदरसाकाे वार्षिक परीक्षाफलकाे नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रमकाे अवसरमा उक्त सामग्री विद्यार्थीहरुलाई उपलब्ध गराइएकाे मदरसाका प्रधानाध्यापक (माैलाना) इश्हाक धुनियाले जानकारी दिए ।

मदरसाले कार्यक्रम अन्तर्गत कक्षा १ का विद्यार्थी होलफस्ट गर्ने इफरा उरूज खानलाई प्रोत्साहन स्वरूप साइकल पुरस्कार प्रदान गरिएको छ । मदरसा व्यवस्थापन समितिका अध्यक्ष अकरम धुनियाले कार्यक्रमको अवसरमा सबै विद्यार्थीहरूलाई कपी र पेन्सिल वितरण पनि गरेका छन् । कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरूलाई प्रदान गरिएको यस सामाग्रीले उनीहरूको अध्ययन र लेखन क्षमतामा सहयोग पुर्‍याउने विश्वास लिएकाे छ ।

अध्यक्ष अकरम धुनियाले भने, “विद्यार्थीहरूलाई प्रोत्साहन दिनु हाम्रो प्राथमिकता हो । पुरस्कार र शैक्षिक सामग्री वितरणले उनीहरूलाई अध्ययनमा उत्साहित बनाउनेछ र भविष्यमा अझ राम्रो शिक्षा हासिल गर्न प्रेरणा दिनेछ ।”

यस कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सक्रिय सहभागिता बढाउने मात्र नभई धार्मिक संस्कार र अनुशासनमा पनि योगदानमा टेवा पुग्ने शिक्षा शाखाका कर्मचारी दिपेन्द्र कपुर काेरीकाे भनाई छ ।

मदरसाले भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने र विद्यार्थीहरूको समग्र विकासमा ध्यान दिने योजना बनाएको जनाएको छ ।

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP