Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

असोज ३ गते ब्ल्याक आउट गरी कालो दिनको स्मरण गर्ने

काठमाडौं

लोक दल पार्टीका अध्यक्ष कौशल कुमार सिंहले असोज ३ गतेको दिनलाई कालो दिनको रुपमा स्मरण गरी साँझ ब्ल्याक आउट गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

अध्यक्ष सिंहले आज एक विज्ञप्ति जारी गरी २०६२–६३ को जनआन्दोलन, १० वर्षे माओवादी जनयुद्ध, मधेश आन्दोलन, पिछडावर्ग आन्दोलन, थारु आन्दोलन, आदिवासी जनजाति आन्दोलन, दलित, मुस्लिमको संघर्ष विपरित २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानले गरिब, कमजोर, पिछडा वर्गको अधिकारलाई स्थापित नगरेको गुनासो गर्नुभएको छ ।

उहाँले उत्पीडित समुदायको अधिकार सुनुश्चित गर्नुको सट्टा भ्रष्ट, दलाल, सामन्ती पूँजीपति वर्गलाई फाईदा पुग्ने र राज्य सत्तामा भ्रष्ट, दलाल र सामन्तको पकडलाई झन बलियो बनाउने काम गरेको उहाँले टिप्पणी गर्नुभएको छ ।

मधेशी, पिछडावर्ग, थारु, आदिवासी जनजाति, दलित, मुस्लिम लगायत पछाडी परेका वर्ग, समुदाय र जात जातिहरुको अधिकार, पहिचान र प्रतिनिधित्वलाई समाप्त पार्ने गरी षड्यन्त्रपूर्वक नेपालको संविधान जारी गरिएको उल्लेख गर्दै उहाँले अधिकार, पहिचान र प्रतिनिधित्वको लागि संघर्षरत यी समुदायलाई शासन सत्ताबाट बाहिर राखी सदाकालका लागि राज्य सत्ता कब्जा गर्ने षड्यन्त्र इरहेको उहाँले दावी गर्नुभएको छ ।

संवैधानिक रुपमै दमन, शोषण, अत्याचारलाई कायम राख्ने एकल जातिय बर्चस्व र पहिचानलाई संवैधानिक मान्यता दिई अन्य समुदायमाथि शासन गर्ने सोच र शैलीलाई अहिलेको संविधानद्वारा निरन्तरता दिएको उल्लेख गर्दै उहाँले यो संविधान यथाअवस्थामा मधेशी, पिछडावर्ग, थारु, आदिवासी जनजाति, दलित, मुस्लिम लगायत पछाडी परेका वर्ग, समुदाय र जात जातिको पक्षमा नरहेकोले असोज ३ गते कालो दिनका रुपमा मनाउने निर्णय भएको जानकारी गराउनुभयो ।

उहाँले आफ्नो पार्टीको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ, ‘२०७२ साल असोज ३ गते हामीमाथि नरसंहार गरी बलजफ्ती यो विभेदकारी संविधान लादिएको तथा हाम्रो पहिचान र प्रतिनिधित्वलाई खोसिएको हो । तसर्थ असोज ३ गते दिनमा आ–आफ्नो घरमा कालो झण्डा फहराऔं र बेलुकी ७ बजेदेखि ७ः१५ बजेसम्म ब्लाक आउट गरौं ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP