Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बुद्धको जीवनी पुस्तक विमोचन

कपिलवस्तु साउन २५

बुद्ध जन्मस्थल लुम्बिनीको पवित्रता र अध्यात्मिकता फैलाउन भगवान बुद्धको जीवनी र उपदेश पुस्तक प्रकाशन गरिएको छ । भगवान गौतम बुद्धलाई नजिकबाट जानेर शान्ति, करुणा, मैंत्री र भातृत्व जगाई जीवन र जगतलाई सार्थक बनाउन पुस्तक बाहिर ल्याइएको हो । पुस्तकको अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष भिक्षु मैंत्री महास्थवीर र प्रदेशसभा सदस्य फकरुद्दिन खानले विमोचन गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै भिक्षु महासंघ अध्यक्ष भिक्षु मैंत्री महास्थवीरले ३ दशक यता लुम्बिनीमा एउटा राम्रो कामको सुरुवात गर्न पाएकामा गौरवान्वित भएको बताउनु भयो । यस्ले सबैमा धर्मचच्छु पलाई समाज र परिवारका लागि सकारात्मक विकासका परिवर्तन देखिने बताए ।

प्रदेशसभा सदस्य फकरुद्दिन खानले चारैतिर अशान्ति र द्वण्द्व बढीरहेका बेला पुस्तकले सबैलाई समाजपयोगी र शान्तिप्रेमी बनाउन उत्प्रेरित गर्ने बताए । पुस्तक लुम्बिनी आउने सबैलाई निःशुल्क वितरण गरिनेछ । मायादेवी मन्दिरको प्रमुख प्रवेश द्वार शान्ति द्विप निर स्टल राखेर दैनिक विहानदेखि साझसम्म वितरण गरिनेछ । पुस्तक नेपाली भाषामा छ ।

६ महिनापछि चिनिया र अंग्रेजी भाषामा प्रकाशन गरिने छ । सरल भाषामा सबैले बुझने गरी पुस्तक प्रकाशन गरिएकोछ । सारिपुत्त फाउण्डेसन, लुम्बिनीद्वारा प्रकाशित पुस्तकमा भगवान बुद्धको जीवनी र उपदेश सचित्र र संक्षिप्त रुपमा प्रकाशित छ ।

७० पेजको पुस्तकमा राजकुमार सिद्धार्थको जन्म, वाल्यकाल र विवाहको प्रशंग छन् । त्यस्तै गृह त्याग, ज्ञानको खोजी र बुद्धत्व प्राप्तिका कुरा उल्लेख गरिएकोछ । त्यस्तै बुद्धको धर्मदेशना, कपिलवस्तु आगमन र महापरिनिर्वाणका घटनापनि पुस्तकमा संलग्न छन् ।

सारिपुत्त फाउण्डेसन अध्यक्ष भन्ते सुमंगलोले पुस्तकले हाम्रो साझा धरोहर लुम्बिनीप्रति सबै नेपालीमा आस्था र आकर्षक बढाउने बताए । ‘यसले हाम्रो समाजलाई राम्रो बाटोमा डो¥याउने शिक्षा पनि दिन्छ’ उनले भने जसले गर्दा नेपाल र नेपाली विश्वकै लागि आस्थाका केन्द्र बन्छन् ।

पुस्तकमा श्रव्यका साथै पर्याप्त स्केच गरिएका दृष्य चित्रहरु पनि छन् । यसले पुस्तकलाई बुझन र अध्ययन गर्न सहज बनाउने वरिष्ठ पुरातत्वविद् वसन्त विडारीले बताए ।

पुस्तकमा मगध सम्राट अशोक बुद्धप्रति किन आकर्षित भए, उनको परिवार धर्म प्रचार गर्दागर्दै कहा–कहा पुगे ? भन्ने कुरा उल्लेख छ । बुद्ध कथा र बुद्ध देशित ३८ मंगल र ४ भावना पनि उल्लेखित छ । सुरुमा २० हजार प्रति छापिएकोछ । ६ महिनापछि एक लाख प्रति छापिने बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP