Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शिवराज नगरपालीका विरुद्ध भण्डाफोर


कृष्ण गैरे

कपिलवस्तु
शिवराज नगरपालीकाले ज्यादती गरेको आरोप लगाउदै नागरिक अगुवाहरुले चन्द्रौटामा सभा सम्पन्न गरेका छन । शिवराज नगरपालीकाको कार्यालय अगाडी नागरिकहरुले नगरपालीकाले गरेका गलत कार्यहरुको भण्डाफोर गरेको जनाएका छन । नगरपालीकाले आफनो भवन व्यक्तिले जग्गा दान गर्दा पनि सार्वजनीक जग्गामा भवन वनाउन लागेको भन्दै असन्तुष्ट भएका हुन ।
नागरिकले जग्गा दिदा दिदै पनि नगरपालीकाले सार्वजनीक जग्गा हडपेर भवन वनाउनु गलत भएको स्थानीय हरि पोख्रेलले वताउनुभएको छ । नागरिकका मुद्धामा नगरपालीकाले कुनै चासो नदिएर एकलौटी ढंगले अगाडी वढेको पोख्रेलले आरोप लगाउनुभएको छ ।


शिवराज नगरपालीकाका विकासे काममा नितिगत भष्टाचार भईरहेको भन्दै त्यसको स्थानीय स्तरवाटै विरोध हुनुपर्ने समाजवादी पार्टिका नगर अध्यक्ष कृष्णकुमार चौधरीले वताउनुभएको छ । नगरपालीकाले अन्य राजनैतिक दलहरु संग सहकार्य नगरी दम्भका साथ अगाडी वढेको राजपा केन्द्रीय सचिव रवीदत मिश्रले आरोप लगाउनुभएको छ ।
सार्वजनीक जग्गामा वन्न लागेको शिवराज नगरपालीकाको भवन निर्माणमा रोक लगाउन माग गर्दै जिल्ला अदालत कपिलवस्तुमा मुद्धा समेत दायर भएको छ । केहिदिन अघि नगरपालीकाले तोकेको ठाउमै कार्यालयको भवन निर्माणको माग गर्दै त्यस क्षेत्रका नागरिकहरुले नगर प्रमुख नेत्रराज अधिकारी समक्ष ज्ञापन पत्र वुझाएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP