Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आईसीयूमा उपचाररत युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपममा तीन स्वास्थ्यकर्मी पक्राउ

वीरगञ्ज । आईसीयूमा उपचाररत युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपममा तीन जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । वीरगञ्जको बिर्तास्थित अली अर्थो एण्ड ट्रमा हस्पिटलमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्जकै १९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हस्पिटलमा कार्यरत एहसान हुसैन, कृष्ण दास र सरफुदीन मियाँलाई प्रहरीले पक्राउ गरेको हो । स्वास्थ्यकर्मीले लुगा फेर्ने बहानामा आफूलाई दुर्व्यवहार गरेको युवतीले आरोप लगाएकी छन् । आईसीयूमै उपचारका क्रममा मंगलबार राति स्वास्थ्यकर्मीले दुर्व्यवहार गरेको उनको भनाइ छ ।

युवतीले घटनाबारे परिवारलाई जानकारी गराएपछि बुधबार बिहानै आफन्तले दोषीलाई पक्राउ गरी कारबाहीको लागि प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP