Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

स्पेनिस ला लिगा: रियल मड्रिडले आल्भेसलाई हरायो, बेन्जिमाले देखाए चमत्कार

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा गएराति भएको खेलमा रियल मड्रिडले आल्भेसमाथि सहज जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलमा रियलले आल्भेसमाथि २–० को जित दर्ता ग¥यो । रियलको जितमा बेन्जिमाको प्रर्दशन उत्कृष्ट रह्यो ।

पेनाल्टीमा पहिलो गोल गरेका उनले दोस्रो गोलका लागि समेत पास उपलब्ध गराएका थिए । करिम बेन्जिमाले ११ औं मिनेटमा पेनाल्टीमा रियललाई अग्रता दिलाएका थिए ।

पाहुना टिमका जिमो नवारोले फेरोमे मेन्डीलाई फल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो ।

एसेन्सियोले ५० औं मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए । बेन्जिमाले उपलब्ध गराएको पासमा गोल गर्दै उनले रियलको जित सुनिश्चित गरेका हुन् ।

रियल मड्रिड यस सिजनको लिग उपाधिबाट मात्र दुई जित टाढा रहेको छ । शीर्ष स्थानको रियलले ३५ खेलबाट ८० अंक जोडेको छ । उसले दोस्रो स्थानको बार्सिलोनासंग स्पष्ट ४ अंकको अग्रता लिएको छ ।

लिगमा तीन चरणको खेल बाँकी रहदाँ रियललाई उपाधिका लािग दुई खेलमा जित निकाले मात्र पुग्नेछ । आल्भेस ३५ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP