Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नवलपरासीको एतिहासिक महत्व ओझेलमा

नवलपरासी,साउन २९

धार्मिक, ऐतिहासिक र पुरातात्विक दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको पूर्वी नवलपरासी जिल्लाको दाउन्ने क्षेत्रमा पर्याप्त विकास अझै हुन सकेको छैन । दाउन्ने पर्यटकीयस्थलको प्रशस्त सम्भावना बोके पनि भौतिक पूर्वाधारको अभावमा प्रचारप्रसार पूर्वाधार नहुँदा यो क्षेत्र पछाडि पर्दै गइरहेको छ ।

अग्लो टापुमा रहेको दाउन्ने पर्यटकीयस्थलको प्रशस्त सम्भावना बोके पनि प्रचारप्रसारको अभावमा पछि परेको स्थानीयवासी गुनासो गर्दछन् । प्राकृतिक सम्पदाले भरिपूर्ण दाउन्नेमा विभिन्न मठमन्दिर रहेका छन् । दाउन्ने जङ्गलमा थुप्रै वनस्पति वन्यजन्तु पाइन्छ । जडीबुटीलगायत पनि पाइने दाउन्नेलाई व्यवस्थित बनाउन सकिए भने मात्र पनि यहाँको विकासमा ठूलो प्रभाव पर्न सक्ने बताइन्छ ।

किंवदन्तीअनुसार दाउन्ने क्षेत्र तत्कालीन पाल्पा राज्यका सेन वंशी राजाहरुको महत्वपूर्ण सामारिक क्षेत्रका रुपमा रहेको थियो । तत्कालीन पाल्पा राज्यमा विफर रोगले मानिसको मृत्यु हुँदा दाउन्ने देवीको शिलामा पूजा गरेर रोग निको भएको धार्मिक विश्वास रहिआएको छ । दाउन्ने देवीलाई तत्कालीन समयमा पाल्पा राजाहरुको इष्टदेवीका रुपमा लिइने गरिन्छ । दाउन्ने देवीमा चण्डी पूर्णिमा, धान्यपूर्णिमा, वैशाखे पूर्णिमा, वाला चतुदर्शी, शिवरात्रि र श्रवणीमा ठूलो भीड लाग्ने गर्दछ ।

सामान्य र परम्परागत रुपमा भएका विकास निर्माणबाहेकका भौतिक संरचनाको निर्माण हुन नसकेको दाउन्नेमा आन्तरिक र बाह्य पर्यटक गरी वार्षिक करीब दुई लाखसम्म पर्यटक आउने गरेको दाउन्ने संरक्षण व्यवस्थापन समितिको तथ्याङ्क छ । आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको दाउन्ने मन्दिर यस क्षेत्रमा निकै प्रख्यात मानिन्छ । विशेषगरी नेपालीसहित भारतीय पर्यटकको समेत यस क्षेत्रमा उल्लेखनीय मात्रामा भीडभाड लाग्ने गर्दछ ।

दाउन्ने धार्मिक महत्वलाई दृष्टिगत गरी यसको वृहत गुरुयोजना बनाउनुपर्ने आवश्यकता देखिएको छ । यसको महत्वलाई देश–विदेशमा परिचित बनाउन समय समयमा आवाज गुञ्जिने गरे पनि यसलाई अघि बढाउन नसक्नुले यो पछाडि पर्दै गइरहेको दाउन्ने संरक्षण व्यवस्थापन समितिको दाबी छ ।

धार्मिक र ऐतिहासिक दृष्टिकोणले पश्चिम नवलपरासी, पूर्वी नवलपरासी, रुपन्देही, पाल्पा, भारत र नेपालका थुप्रै ठाउँबाट यहाँ पूजा गर्न आउनेको सङ्ख्या बढ्दो छ । दाउन्नेमा बौद्ध गुम्बा, बौद्ध विद्यालय समेत छ । यसैगरी नेपाल टेलिभिजनको आवश्यक टावर केन्द्र र रेडियो नेपालको प्रसारण केन्द्रसमेत रहेका छन् । रासस

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP