Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बहादुगंजमा ६० जना को निशुल्क मोतिया विन्दु अपरेशन

दिपक केसी

कपिलवस्तु असोज ६
४४ औ सामाजिक सेवा दिवसको अवसरमा कपिलवस्तुको बहादुरगंजमा रहेको छन्द काले बाबु नारायणी आँखा अस्पतालमा सोमबार ६० जना मोतिया विन्दुका विरामीहरुको निशुल्क अपरेशन गरिएको छ ।  दिवसको अवसरमा नेपाल नेत्रज्योति संघ आखाँ स्वास्थ्य कार्यक्रम राप्ती  तथा बहादुगंजको आयोजनामा “सुखि र समृद्ध राष्ट्रिय सोच, समाज विकास हामो अठोट भन्नने नारा सहित सामाजिक सेवा दिवस मनाइएको हो ।

दिवसको अवसरमा अस्पतालमा आएका ३४८ जना आखाँका विरामी मध्ये ६० जनाको निशुल्क अपरेसन गरिएको अस्पतालका प्रशासकिय अधिकृत जसराज वि.क.ले बताए ।  सामान्यत मोतिया विन्दुको अपरेशन गर्दा प्रति विरामी ३ हजार २ अपरेशन चार्ज लाग्ने गरेको उनले बताए ।समाज सेवा नै सबै भन्दा अमूल्य धर्म रहेको कार्यक्रम अध्यक्ष तथा अस्पतालका निमित्त मेडिकल डाइरेक्टर सन्तोष सुवेदिले बताए । दिवसको अवसर पारेर मोतिया विन्दुका विरामीहरु निशुल्क अपरेशन गर्ने नेत्रज्योति संघ आखाँ स्वास्थ्य कार्यक्रम राप्ती  तथा बहादुगंजलाई उनले धन्यवाद समेत व्यक्त गरे । 

आखाँ ज्योति गुमाएर अन्धकार जीवन विताइरहेका आखाँका विरामीहरुको ज्योति पुन फर्काएर पुण्य प्राप्ती समेत गरेको   प्रमुख अतिथि नारायणी शाहले बताइन ।  अनधकार बनेको जीवनलाई ज्योती प्रदान गर्नु नै सबै भन्दा ठूलो समाजसेवा भएको उनले बताइन ।२००५ सालमा स्थापना भएको छन्द काले बाबु नारायणी आँखा अस्पतालमा दैनिक जसो आखाँका विरामीहरुको घुइचो लाग्ने गर्दछ । स्थापना काल देखि यस अस्पतालले ७ लाख ५६ हजार ९ सय ३९ जना आखाँका विरामीलाई सेवा प्रवाह गरिसकेको छ । यस्तै १ लाख ४ हजार ५ सय ७८ जना मोतिया विन्दुका विरामीहरुको अप्रेशन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।दिवसको अवसरमा विरामीहरुलाई फुलफुल समेत वितरण गरिएको छ ।  निमित्त मेडिकल डाइरेक्टर डा. सन्तोष सुबेदीको अध्यक्षतामा सम्पन्न  कार्यक्रमको प्रमुख नारायणी शाह अन्य अतिथिहरुमा डा. ज्योति सापकोटा, जयन्तिका शाह,. नसरुल्लाह खान लगायत रहेका थिए । कार्यक्रम अस्पतालका प्रशासकिय  अधिकृत जसराज वि.क.को संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP