Trending
राजनीति वामदेवको दावी : मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन राजनीति हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि म पहल गर्छु : प्रचण्ड राजनीति सबै प्रकारका यातायातका साधनको नियमन एउटै निकायबाट गरौँ : सोविता गौतम समाज बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै शिक्षा शिक्षक महासंघका अध्यक्ष सुवेदीले भने-२५ प्रतिशत युवाका लागि ठाउँ छाडेका छौँ राजनीति कार्यान्वयन हुन नपाउँदै अध्यागमनमा कर्मचारी खटाउने मापदण्ड परिवर्तन गर्ने चलखेल समाज २०८१/०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटना : २ हजार ५ सय ४९ जनाको मृत्यु समाज बर्दघाट सुस्ता पूर्व दूधमा आत्मनिर्भर राजनीति नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छ : प्रधानमन्त्री ओली राजनीति कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह

एलआसी इन्स्योरेन्सको शाखा चन्द्रौटामा


दिपक के.सी.

कपिलवस्तु असोज ७

कपिलवस्तुको शिवराज नगरपालिका चन्दौटामा लाइफ इनस्योरेन्स कर्पोरेशन नेपालको शाखा विस्तार भएको छ । मंगलवार चन्द्रौटामा रहेको शाखाको शुभारम्भ गर्दै कर्पोरेशन संचालन भएको हो । एलआसीका सिओ लक्ष्मी प्रसाद दासले रिबन काटेर कार्यालयको उद्घाटन गरेका हुन । कार्यालयको उद्घाटन गर्दै सिओ दासले जनता माझ लोक प्रिय बन्न सफल जीवन विमा कम्पनी एलआइसीले चन्द्रौटा संगै देश भर ७४ वटा शाखा संचालनमा ल्याएको बताए ।

आधुनिक युग सगै मानिसको जीवन पनि रिस्की बन्दै गएको अवस्था एलाआइसी जीवन विमाले विमा कर्तालाई सुरक्षित आभास गराएको उनले बताए । पुरानो र जनातको विश्वास जितेको विमा कम्पनी भएकाले पनि अन्य कम्पनी संग एलआइसीको प्रतिस्पर्धा नहुने उनले जिकीर गरे । जनताको विमा रिटर्नमा विश्वसनियता कमाएको भएर अन्य कम्पनीले एलआइसीको प्रिमियरलाई आफ्नो टारगेट बनाउने गरेको उनले जनाए । २५ करोडको लागतमा सुरु भएको एलआइसी हाल ५ हजार करोडमा पुगेको उनले बताए ।

जनताको एलआइसी जीवन विमा प्रतिको विश्वास र अभिकर्ताको मेहनतले कम्पनीलाई यो उचाइ सम्म पुराएको सिओ दासले बताए । अन्य भन्दा उत्कृष्ट पोलिसी प्रोडक्टक भएकाले जनता माझ ढुक्क संग जान उनले विमा अभिकर्तालाई आग्रह गरे । अब छिट्टै नै हेल्थ प्रिमियर अन्तर्गत १० लाख प्रिमियरको पोलिसि ल्याउन लागिएको उनले बताए । कार्यक्रम चन्द्रौटामा लामो समय अभिकर्ताको रुपमा काम गर्दै आएका विष्णु भटराई , साउन देखि यता सबै भन्दा बढि प्रिमियम जम्मा गर्ने बलदेब लामिछाने लगायत ५ जनालाई सम्मान समेत गरिएको छ ।

यस्तै तौलिहवा शाखा मार्फत १ करोडको प्रिमियम गर्ने दिपक पासीलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा डिपुटि सिओ टि बर्नवा शाह, नेपालगंज रिजनका पदम राना लगायतले शाखा सफलताको शुभकामना दिएका थिए । विष्णु भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शाखा प्रमुख तिर्थ आचार्यले गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP