Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

काठमाडौँमा कोरोना संक्रमणका कारण चिनियाँ महिलाको मृत्यु, निधन हुने ४२ पुगे

काठमाडौँ – नेपालमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । धनुषाका ६० वर्षीय वृद्धको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो भने काठमाडौँमा एक ४० वर्षीय चिनियाँ महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पोखराको मणिपाल अस्पतालमा भर्ना भएकी ति महिलालाई साउन २ गते हेलिकोप्टरबाट काठमाडौँको ग्राण्डी अस्पताल ल्याइएको थियो ।

थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएकी उनको उपचारको क्रममा बुधबार मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

नेपालमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत चौबिस घण्टामा ३७७९ जनाको पीसीआर परीक्षण गरिएकोमा जम्मा १०० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५३७० रहेको छ । गत चौबिस घण्टामा २०७ जना संक्रमणमुक्त भई आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।

यो सँगै आजसम्म संक्रमण मुक्त हुनेको संख्या १२६८४ रहेको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP