Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

चाडपर्व नजिकैदै गर्दा चन्द्रौटा हाट बजारको अनुगमन ।।

दिपक के.सी

कपिलवस्तु असोज ८

कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा विगत लामो समय देखि साप्ताहिक रुपमा लाग्दै आएको बुधबारे हाटबजारको बुधबार अनुगमन गरिएको छ । नगरपालिका , इलाका प्रशासन, वडा प्रहरी, उद्योग वाणिज्य संघ,व्यापार संग लगायतको संयुक्त टोलीले बुधबार बजार अनुगमन गरेको हो ।

हाट बजार अनुगमनका क्रममा खुल्ला रुपमा अव्यवस्थित तवरले खाद्य वस्तु बेच्न राखेको पाइएको छ । खुल्ला रुपमा मिठाइ जन्य खाद्यबस्तु बेच्न राखेको भेटिए पछि खाद्यबस्तु ढाकेर स्वस्थकर रुपमा बेच्न नगर उपप्रमुख शिवकुमारी चौधरीले व्यापारीलाई चेतवानी दिइन । अर्को पटक यस्तै खुल्ला रुपमा भेटिए सबै सामान जफत गरिने समेत उनले जनाइन ।


स्थानिय कृषि उपजलाई बिक्रि वितरण गर्नको लागी हाट बजारको व्यवस्थापन र संचालनको जिम्मा नगरपालिकालाई रहेको छ । हरेक हप्ता हजारौं उपभोक्ताले खाद्य सामाग्री लगायतका अन्य आवश्य सामानहरु यहि हाट बजारबाट खरिद गरेर लैजाने गर्दछन । यसरी खुल्ला रुपमा मिठाइ जन्य खाद्य सामाग्रीले उपभोक्ताको स्वास्थ्यमा असर गर्ने हुनाले ढाकेर बेच्न व्यापारीलाई पहिलो चरणमा सुझाव दिइएको प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्यालले बताए ।

बजार अनुगमन गर्दै इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख अमरराज शर्माले मिठाइ लगायतका खाद्यवस्तु ढाकेर बेच्न सुझाव दिए । अर्को पटक यस्तै खुल्ला रुपमा बेच्न राखेको पाइए सामाग्री जफत गरिने उनले बताए । खुल्ला रुपमा झिगाँ भन्किएका मासुहरुमा जाली र सिसा लगाउन यस पटक चेतावनी दिएका छौ, कार्यन्वयन भएन भने कार्वाहि गर्नेछौ प्रमुख अर्यालले भने ।
चन्द्रौटा हाट बजारको अनुगमनमा चन्द्रौटा उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष इश्वरी पाण्डे, व्यापार संघ कपिलवस्तुका महादेव पोखरेल , नगरपालिका अधिकृत प्रमोद खनाल, स्वास्थ्य शाखाका प्रमोद ज्ञवाली, वडा प्रहरी कार्यालय चन्द्रौटा प्रमुख मोतिलाल योन्जन , संचार कर्मि लगायतको टोलीले बजार अनुगमन गरेको हो । बजार व्यवस्थित र स्वस्थकर खाद्य सामाग्री विक्रि वितरणका लागी सर्वपक्षिय छलफल गरिने उप प्रमुख शिव कुमारी थारुले बताइन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP