Trending
flash शिवगढी सामुदायिक बन उपभोक्ता समुुहको १३औँ साधारण सभा सम्पन्न राजनीति पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अन्तर्राष्ट्रिय बीबीसीले गल्ती स्वीकार गर्दै माफी मागे पनि ट्रम्पले कानुनी कारबाही राजनीति मधेसमा भारतले आन्दोलन भड्काउने काम गर्‍यो : मुख्यमन्त्री यादव राजनीति प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार राजनीति माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरू आफ्नै अभियानमा flash खेलमा अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज र मेसीले गोल राजनीति दक्षिण कोरियाबाट सञ्चारमन्त्रीले भने, निर्वाचनको वातावरण बनिसकेको छ राजनीति नेपालका लागि चीनका राजदूत छन सङले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न flash विजयनगर गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनको शिलान्यास

कपिलवस्तुमा ‘प्रथम कपिलवस्तु श्री’ प्रतियाेगिता सुरु

कपिलवस्तु, १० असोज

कपिलवस्तुको तौलिहवामा ‘प्रथम कपिलवस्तु श्री’ खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सुरु गरिएको छ । कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोगमा कपिलवस्तु जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले तौलिहवामा ‘कपिलवस्तु श्री’ को आयोजना गरेको हो ।
पहिलो दिन ६ वजन समूहबाट शनिबार हुने फाइनल चरणका लागि ५,५ खेलाडी छनौटमा परेका छन् । छनौट पर्नेमा ५५ केजी उमेर समूहतर्फ सुनिल आले, कृष्ण रनपाल, चुमानसिंह केसी, उदयराज पाण्डे र सुरेन्द्र प्रसाद वर्मा रहेका छन् । त्यसैगरी ६० केजी वजन समूहमा बिकास तामाङ्ग, सुरेस थापा, उमेश पुन, मोहम्मद जमराती र मन बहादुर राना छनौटमा परेका छन् ।

६५ केजी वजन समुहमा रामचन्द्र तामाङ्ग, रमेश थारु, सुमन लिम्बु, बिजेन्द्रमान श्रेष्ठ र बिकास चौधरी रहेका छन् । ७० केजी उमेर समुहमा पुष्प शंकर, बिनोद सुनार, गोबद्र्धन श्रेष्ठ, रमेश श्रेष्ठ र रमेश अधिकारी छनौटमा परेका छन् । त्यसैगरी ७५ केजी वजन समूहतर्फ अनिश थापा, बिन्धयाचल कहार, सुनिल दहित, चन्द्रमान श्रेष्ठ र कृतन प्रसाद श्रेष्ठ छनौट भएका हुन् ।
‘कपिलवस्तु श्री’ विजेतालाई नगद २ लाखसहित ट्रफी प्रदान गरिने छ । त्यसैरी ६ वजन समूह चरणका खेलका प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई जनही १५ हजार, १० हजार र ५ हजार पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजक समितिका अध्यक्ष जीवन गिरीले जानकारी दिए । कार्यक्रममा भाजपा नेता तथा खेलका अन्तर्रा्ष्ट्रिय कोच सुवास भदाना, फिटनेश संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, सामाजिक सञ्जालमा चर्चित अघोर बाबा र खेललाई आर्थिक सहयोग गरेको कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह र ‘कपिलवस्तु श्री’का आर्थिक संयोजक राजु प्रसाद अर्याल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP