Trending
राजनीति अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त समाज तोलाको ३ हजारले बढ्यो सुन राजनीति हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली राजनीति समितिबाट पारित भयो निजामती विधेयक, कुलिङ पिरियड २ वर्ष, महिलाको सेवा प्रवेश अधिकतम उमेर घट्यो समाज मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु समाज तीन दिनदेखि हराएकी युवती जंगलमा मृत फेला राजनीति सगरमाथा संवाद सुरु समाज मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्त्वपूर्ण विशिष्टता : राष्ट्रपति पौडेल राजनीति सरकार उल्टो बाटो हिँड्दैछ, तर हामी ढाल्दैनौँ : प्रचण्ड flash विजयनगरमा पाेषण खाद्य सुरक्षा निर्देशक समिति तथा सराेकारवालासँगकाे बैठक सम्पन्न

मूर्ति बनाउन भ्याइनभ्याई

माधव बेल्वासे
कपिलवस्तु
दशैं नजिकिंदै गर्दा तराईका जिल्लाहरुमा मूर्तिहरु बनाउने चटारो पनि बढ्न थालेको छ । दशैमा राम्रो आम्दानी हुने भएपछि भारतीय कलाकारहरु नेपालमा आएर मुर्ती बनाइरहेका छन । कपिलवस्तु जिल्लाका विभिन्न ठाउमा अहिले मुर्तिलाई सिंगारपटार गर्न भ्याईनभ्याई छ । एक महिना अघि देखी मुर्ती बनाउन सुरु गरेका कालिगढहरु अहिले अन्तिम चरणमा पुगेकाले सजावट र रंगरोगनमा लागेका छन ।


कपिलवस्तु जिल्लाका १० स्थानिय तहमा करिव ५ सय वढी स्थानमा दंशैको अवशरमा दुगौ मुर्तीका झाकी निकालिदै आएको छ ।दुर्गा,भगवती,वाघ, भैसी, राक्षस,गणेश,लक्ष्मी लगाएतका मुर्तीहरु एक महिना अघि नै बुक भइसकेको व्यावसायिहरु वताउछन । नवदुर्गा भगवती, सरस्वती, लक्ष्मी, कुमार र गणेश तथा तिनीहरुका वहानहरु धमाधम निर्माण भइरहेका छन् ।


मुर्ती बनाउने मुर्तीकारहरु देवी देवताका मुर्ती बनाएर मनग्य आम्दानी गरिरहेका छन् ।जिल्लाको सदरमुकाम तौलिहवा, कृष्णनगर, बहादुरगंज, महाराजगंज, पकडी लगायतका बजारका चोक र गल्लिहरुमा विजयदशमी को लागि मुर्ती बनाई चिटिक्क पर्ने गर्दछन । अरु बेला देखा नपर्ने मुर्ती व्यवसायीहरुले दशैको एक सिजनमा मात्र लाखौ आम्दानी गर्ने गरेका छन् ।

एक सिनजमा १५ देखी ४० सेट सम्म मुर्ती बनाउने ब्यवसायीहरुले एक सेट मुर्तीलाई ३० हजार देखी १ लाख सम्ममा बिक्री गर्ने गरेका छन् । माटो, बाँस र परालबाट बनाईने मुर्तीहरुबाट ज्याला मजदुरी लगायत सम्पुर्ण खर्च काटेर ४० प्रतिशत नाफा हुने गरेको मुर्ती व्यवसायी अमित कुमारले बताए ।

मुर्ती बनाउन दुख कष्ट भएपनि आम्दानी राम्रो हुने भएपछि २ महिना नेपाल आएर मुर्ती बनाउने गरेको जनाए । प्रत्येक वर्ष आउने गरेका छौ माग अनुसारको पुर्याउन सकिएको छैन”कुमारले भने । चन्द्र्रौटा वाट मुर्ती खरिद गर्न गएका दिपेन्द्र मौर्यले छिमेकी मुलुक भारतवाट आएर परिश्रम गरी मुर्ती निमार्ण गरेकामा धन्यवाद दिए । आर्कषक डिजाइनका मुर्तीहरु बनाई जिविको पार्जन गरेकोमा प्रोत्साहन गर्नुपर्ने मौर्यले जनाए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP