Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

९ महिना देखि न्यायको खोजीमा ११ बर्षिय अपाङ्ग बालक

कपिलवस्तु

             अप्राकृतिक करणीमा परेका एक ११ बर्षिय अपाङ्ग बालकले अझै सम्म न्याय पाउन सकेका छैनन् । करिब ९ महिना अघिको उक्त घटनाका बालक र उनका परिवार अझै पनि न्यायको झिनो आशमा बसिरहेका छन् । बुद्धभूमि नगरपालिका ६ का ति बालक जन्मजात अपाङ्ग हुन् । अति विपन्न परिवारका उनी न्यायका लागि प्रहरी र ठूलाबडाकहाँ धाउदा धाउदै ९ महिना वितिसक्दा समेत अहिले सम्म घटनाका आरोपी समेत पक्राउ परेको छैन । 

बुद्धभुमी नगरपालिका वडा नं. ६ का पुर्णवासी यादव ले २०७५ माघ १४ गते ति बालकलाई अपाकृतिक करणी ९वलत्कार० गरेको आरोपमा मुद्धा दायर भएको छ ।  ईलाका प्रहरी कार्यालय गोरुसिंगेले मुद्धा दायर भएपनि घटनाका आरोपी फरार छन् । यादवले राज नाम परिवर्तन लाई समोसा खुवाउने प्रलोभनमा वगैचामा लगी यौन दुव्र्यव्हार गरेका थिए । घटना घटेको अर्को दिन ईलाका प्रहरी कार्यालय गोरुसिंगेमा उजूरी दिए पछी यादव फरार रहेका थिए । प्रहरीका अनुसार आरोपीलाई खोजी गर्ने कार्य जारी रहेको वताईएको छ ।  

आरोपीको फोटो सम्म फेला परेको छैन । उनी भारतको मुम्वई तर्फ भागेको हुन सक्ने स्थानीयहरु वताउछन् । आरोपी स्थानीय नेताका आफन्त भएकाले समेत पक्राउमा प्रहरीलाई दबाब नपरेको पीडितका परिवारहरु बताउछन् । आर्थिक अवस्था न्युन भएका राजका परिवारका सदस्य दैनिका गुजारा गर्नका लागी गएको वेला यादवले राजलाई साईकलमा राखी वगैचा पुराएका थिए । घर घरमा गई कपाल तथा दारी काटेर दैनिक गुजारा चलाउने राजका वुवा घर आउदा राती अवेरा सम्म छोरा रोई रहेको थियो । सधै चाडै सुत्ने छोरा रोई रहेको देखे पछी छोरालाई सोधपुछ गरेका थिए । राजले घटना वताए पछी बलत्कार भएको थाहा पाएको उनका वुवाले वताउनुभयो । 

            थाहा पाएको अर्को दिन नै ईलाका प्रहरी कार्यालय गोरुसिगेंमा निवेदन दिएका थिए । हामी सामान्य परिवारका हौ, हाम्रो पक्षका वोली दिने कोही छैनन्, छोराले न्याय नपाउने हो कि भन्ने डर लागि रहेको छ । स्थानीय अगुवा र पिडकको परिवार गाउँमा मिलापत्र गराउन दवाव दिई रहेका थिए तर छोराको न्यायका लागी आफु नमिलेको राजका पिता वताउनुहुन्छ । हाम्रो वारेमा वोल्ने कोही पनी छैन । मानवअधिकारवादी र अपांङ्गताको क्षेत्रमा काम गरेका समेत अहिले सम्म मुख नदेखाएको राजका पिता वताउनुहुन्छ । 

३ कक्षामा अध्ययन गरी रहेका राज अपांङ्गताका कारण १ वर्ष देखी विद्यालय जान छाडेका छन् । उनको दाया तर्फको हात खुट्टा चल्दैनन् । एक वर्ष देखी उनले मानसिक अस्वस्थता विक्षिप्त हुदै गएको छ । समस्या वढन लागे पछी राजलाई डाक्टरको सल्लाह पछी नियमित औषधी सेवन गर्ने गरेका छन् । उहाँको परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको छ । विद्यालयमा पीडित बालक वेला वेलामा वेहोस हुन थाले पछी राजलाई उहाँका परीवारले विद्यालय पठाउन छाडेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP