Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सुदूरपश्चिममा थपिए २३ कोरोना संक्रमित

सुदूरपश्चिम प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण देखिएको छ । आज (आइतबार) धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा कैलालीका २२ र बैतडीका १ रहेका छन् । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार कैलालीको बर्दगोरी गाउँपालिका–५ का ३ महिला र ५ पुरुष गरी ८ जना, टीकापुर नगरपालिकाका २ महिला र ५ पुरुष गरी ७ जना, मोहन्याल गाउँपालिका–५का २ पुरुष, जोशीपुर गाउँपालिका–१का १ पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै धनगढी उप–महानगरपालिकाका २ पुरुष, घोडाघोडी नगरपालिका–१ र गोदावरी नगरपालिकाका १÷१ पुरुषमा पनि कोरोना पुष्टि भएको छ । बैतडीको पाटनका २६ वर्षीय युवकमा समेत कोरोना पुष्टि भएको छ ।

आज थपिएका संक्रमितसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ७ सय १५ पुगेको छ । संक्रमण पुष्टि भएका ३ हजार ४६ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने ९ जनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP