Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

ऐतिहासिक र पर्यटकीय स्थलको संरक्षण अभियानमा कृष्णनगरका संचारकर्मी

कपिलवस्तु

असोज २३ ।

ऐतिहासिक र पर्यटकीय सम्पदाको संरक्षण अभियानलाई सफल बनाउन स्थानीय संचारकर्मीहरुले अजिगरा,कर्मा तालको अवलोकन गरेका छन । प्रेस क्लब अफ कृष्णनगरले राखेको दशैको अवसरमा शुभकामना अदान प्रदान कार्यक्रम अजिगराको शहिद किसान स्तम्भू पार्कमा राखेको थियो। ऐतिहासिक महत्वका सम्पदालाई संरक्षण तथा पर्यटकीय रुपमा बिकास गर्ने उद्देश्यले जनप्रतिनिधि र सरोकारवालाको ध्यानाकर्षणका लागि स्थानिय संचारकर्मीहरुले नै शुरुआत गर्नुपरेको क्लबका संयोजक अंकुश श्रीवास्तवले बताउनुभयो ।

कपिलवस्तु जिल्लाको पश्चिममा पनि पर्यटन प्रवर्द्धनका लागि स्थानिय संचारमाध्यमले महत्त्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिदै अजिगराको पर्यटकीय रुपमा बिकासका लागि स्थानीय तहले आवश्यक बजेट विनियोजन गर्नुपर्ने वरिष्ठ संचारकर्मी मनोज कुमार ओझाको भनाई थियो ।

अजिगरा,कर्मा ताल र सहिद किसान स्तम्भ अवलोकन कै क्रममा संचारकर्मीहरुको प्रश्नको जवाफ दिदै कृष्णनगर नगरपालिका वडा ७ का वडाध्यक्ष राजकिशोर यादवले अगामी बर्षमा पर्यटकीय महत्वका यी दुई सम्पदाको लागि प्रचारप्रसार र संरक्षणमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे।

वडाध्यक्ष यादवका अनुसार अजिगरा सहिद स्तम्भ धनही प्रथा अनत्य गर्न किसानहरुको वलिदानीलाई जीवित राख्न बनाईएको ऐतिहासिक स्तम्भ हो भने अजिगरा ताल नेपालका अन्य तालमा नपाईने जंगली धान(तिन्नी) को प्रकृतिक उपज स्थलका साथै विभिन्न विदेशी चराहरुको प्रजन्न स्थलको रुपमा संरक्षणका लागि हामी तत्पर छौं । कार्यक्रममा प्रेस क्लबका कौशल किशोर यादव, निरहु यादव, सत्येन्द्र मिश्र, देवानन्द ठाकुर , अजय मिश्र, कमलेश गुप्ता, प्रिंस मिश्र, रामप्रकाश चौधरी,अनेक पाण्डे लगायतका संचारकर्मीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP