Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

दाहसंस्कार गरेपछि कोरोना पुष्टि, मलामी खोजिँदै

बाह्रबिसे । मृत्युपछि कोरोना पुष्टि भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ पलाँचीका खड्ग बहादुर बस्नेतको मलामी गएकाहरुको खोजीकार्य भएको छ । ८४ वर्षीय बस्नेतको दाहसंसकार गरेपछि कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

गत २२ गते बस्नेतको उपचारको क्रममा राजधानीको ह्याम्स अस्पतालमा मृत्यु भएको थियो । बस्नेत पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहन बहादुर बस्नेतको पिता हुन् । 

बस्नेतको मृत्यु भएको पाँच दिनपछि कोरोना रिपोर्ट पोजेटिभ आएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्सपेक्टर नमराज न्यौपाने बताए । उनले भने, ‘बस्नेतको रिपोर्ट मंगलबार दिउँसो थाहा पाएको हुँ । मलामीहरुको खोजीकार्य सुरु भएको छ ।’

मृतक बस्नेतको कोरोना रिपोर्ट पोजेटिभ आएपछि पलाँची गाउँ नै सिल गर्ने तयारी भइरहेको बाह्रबिसे नगरपालिकाका उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिइन् । बुधबार कन्ट्याक ट्रेसिङको टोली आउने समेत उपप्रमुख पाख्रिनले बताइन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP