भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीकी छोरी शर्मिष्ठा मुखर्जीले बुधबार बिहान आफ्ना बुवाका लागि ट्विटरमा एक भावुक सन्देश लेखेकी छन्।
उनले भगवानले आफ्ना बुवाका लागि सही मार्ग चयन गर्ने र अगाडि जे हुन्छ त्यसले उनलाई (शर्मिष्ठा) हिम्मत दिने विश्वास व्यक्त गरेकी छन्।
छोरी शर्मिष्ठाले प्रणब मुखर्जीका लागि प्राथना गर्दै एक वर्ष पुरानो विषय पनि सम्झना गरेकी छन् । उनले ट्विटमा भनेकी छन् कि अघिल्लो वर्ष यसै समयमा उनलाई सर्वोच्च नागरिक सम्मान, भारत रत्नबाट सम्मानित गरिएको थियो र यस वर्ष सोही समयमा उनी गम्भीर बिरामी परेका छन्।
शर्मिष्ठाले ट्विटमा लेखेकी छन्, ‘अघिल्लो वर्षको अगष्ट ८ मा मेरो जिन्दगीको सबैभन्दा खुशीको दिन मध्ये एक थियो, जब मेरो बुवालाई भारत रत्न मिलेको थियो । अब एक वर्षपछि १० अगष्टमा बुवा गम्भीर बिरामी हुनुभएको छ । भगवानले मेरो बुवाका लागि राम्रो गरुन् र मलाई जिन्दगीको सुख दुुःख स्वीकार गर्ने क्षमता प्रदान गरुन् ।’
भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीलाई गत अगष्ट १० मा एक सैन्य अस्पतालमा भर्ना गरिएको थियो जहाँ उनको मस्तिष्कको आकस्मिक सल्यक्रिया गर्नुपरेको थियो । अस्पतालले भनेको छ कि उनको अवस्था चिन्ताजनक रहेको छ र उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
त्यसअघि राष्ट्रपति मुखर्जीले सोमबार आफै ट्वीट गरेर आफू कोरोना संक्रमित रहेको जानकारी दिएका थिए।
उनले एक बिरामीको उपचारका लागि आफू अस्पताल गएको र सो क्रममा कोरोना भाइरस समेत परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया