Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

गाइभैँसीमा पहिलो पटक लम्पी स्किन रोग देखियो

काठमाण्डौ – मान्छेमा कोरोना भाइरसको जोखिम बढिरहेका बेला गाईभैँसीमा अर्को महामारीको संकेत देखिएको छ । त्यो रोग हो,  लम्पी स्किन । यो रोग नेपालमा पहिलो पटक देखिएको हो  ।

पूर्वी जिल्लामा देखिएको लम्पी स्किनका बारेमा सम्बन्धित मन्त्रालय र पशुसेवा विभागले चासो देखाएर सजग रहन आग्रह गरेका छन् ।  यो  रोग लागेको दुधालु पशुहरुको ८० प्रतिशत दूध नष्ट हुने भएकाले दूध उत्पादनमा लागेका किसानले ठूलो नोक्सानी बेहोर्नुपर्ने सम्भावना भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । विशेषगरी गाईहरुमा र कहिलेकाँही भैँसीमासमेत देखिने यो रोग अहिलेसम्म मोरङ, चितवन र मकवानपुरका ३४ वटा नमुना परीक्षण गर्दा सबैमा पोजेटिभ भएको पाइएको छ । 

ती ठाउँका १ हजार ५ सय गाईहरुमा यो रोग भेटिएको छ । अहिलेसम्म १२ वटा गाईहरु यो रोगबाट मरेका पुष्टि भएको छ । देशका अरु ठाउँमा पनि यो रोगसँग मिल्दोजुल्दो लक्षण देखिएका खबर आएको कृषि विभागका महानिर्देशक डा वंशी शर्माले जानकारी दिनुभयो ।  

घाँटी, पुच्छर वरिपरिको भाग, पेट थुन लगायतका शरीरका विभिन्न भागहरुमा गिर्खा देखिने, कचेरा आउने, सिँगान बग्ने, मुखबाट धेरै फिँज  निकाल्ने, ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, बाँझोपन हुने  यो रोगका लक्ष्यण हुन् । 

यो रोग लागेपछि ४५ प्रतिशत गाइभैँसी बिरामी पर्ने हुन्छन् भने  मृत्युदर १० प्रतिशत हुने गरेको छ । यो रोग मुख्यतया लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट सर्छ । योबाहेक गाइभैँसीको लसपस र ओसारपसार, संक्रमित र स्वस्थ गाइभैँसीको उपचारका क्रममा एउटै सुईको प्रयोग र प्राकृतिक तथा कृत्रिम गर्भाधानमा संक्रमित साँढेको वीर्यको माध्यमबाट पनि सर्छ ।

यस्तै संक्रमित गाईभैँसीबाट जन्मिएका बाच्छाबाच्छी र पाडापाडीमासमेत सर्ने गर्छ । यो रोगको ठोस उपचार नभएकाले प्राविधिकको सल्लाहअनुसार लक्षण अनुसारको उपचार गर्नुपर्छ । यो रोग विरुद्ध नेपालमा अहिलेसम्म खोप उपलब्ध छैन । 

रोग देखिएको ठाउँबाट गाईभैँसी ओसारपसार नियन्त्रण गर्नु, गोठ वरिपरिको वातावरण सफा राख्नु, नै  यो रोगबाट बच्ने मुख्य उपाय भएको डा शर्माले बताउनुभयो । विगतमा अफ्रिकी महादेशमा मात्रै सीमित यो रोग सन् २०१२ मा दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान लगायत बालकन्स क्षेत्र हुँदै सन् २०१९ जुलाइमा बंगलादेश र चीन तथा सन् २०१९ को अन्तिमतिर भारतमा समेत देखापरेको थियो । 

तर नेपालमा भने असारको अन्तिमतिरबाट देखिन थालेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP