Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आकस्मिक साधनको प्रयोग बढेकोमा सरोकारवालको चासो

कपिलवस्तु, ३० असोज
पछिल्लो समय परिवार नियोजनको आकस्मिक साधनको प्रयोग दर बढेको भन्दै सो बिषयलाई गम्भिर समस्याका रुपमा लिनु पर्ने जिल्लाका स्वास्थ्य सेवा प्रदायकले बताएका छन । कपिलवस्तु ईन्ट्रिग्रेटेड डेभलप्मेन्ट सर्विसेज (किड्स) को आयोजनामा सम्पन्न महिला स्वास्थ्य परियोजनाको बैठकमा सहभागी जिल्ला परियोजना सल्लाहकार समितीका सदस्यले सो बिषयमा चासो देखाएका हुन । पछिल्लो समय सुरक्षित अस्थाई साधन भन्दा पनि आकस्मिक साधन र चिकित्सकिय परामर्श बिनै औषधी प्रयोगद्वारा गर्भपतन गर्ने कार्यले जटिलता थपेको सहभागीले बताए । परियोजनाको उद्धेश्य नेपालका प्रजनन उमेरका महिलालाई आयुसिडीको प्रयोगद्वारा परिवार नियोजन साधन प्रयोग दर बढाउने रहेको जिल्ला कार्यक्रम अधिकृत हुमलाल अधिकारीले जानकारी दिए । आयुसिडीको सेवा प्रदान गर्ने दर्तावाल सेवा प्रदायक नहुदाँ र आकस्मिक परिवार नियोजनको साधनको प्रयोगका कारण प्रजनन उमेरका महिलाले आयुसिडी प्रयोगमा झन्झट मान्ने गरेको संस्थाका कार्यकारी निर्देशक कृष्ण कुमार द्विवेदीले बताए । निजी क्लिनिकहरुको दर्ता नविकरणका लागी स्थानियतहले निती बनाउन आवश्यक रहेकोमा द्विवेदीले जोड् दिए ।सो अवसरमा महिला स्वास्थ्य परियोजनाको चौथो चरणको परियोजना कपिलवस्तु सहित पाँच जिल्लामा सञ्चालनमा रहेको जनाईएको थियो । सो अवसरमा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद खनालले गर्भपतनको औषधी र अन्य प्रतिबन्धित औषधी बिक्री बितरण गर्ने कार्य नियन्त्रण गर्न स्थानिय सरकारले अगुवाई गर्नु पर्ने बताए । प्रदेश सरकारले ऐन ल्याउन ढिलाई गर्दा स्थानिय सरकारले स्वास्थ्य सम्बन्धि ऐन ल्याउन समस्या परेको उनले बताए । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, जिल्ला समन्वय अधिकारी जगन्नाथ लामीछाने, जनस्वास्थ्य प्रमुख योगेन्द्र भगत र बिभिन्न स्थानिय तहका स्वास्थ्य ईकाईका प्रमुखको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP