Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

उपनिर्वाचन : शिवराज नगरपालिका १० लालपुरमा जित कस्को ?


माधव बेल्वासे
कपिलवस्तु कात्तिक १९
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीमा सवै राजनितिक दलहरु लागेका छन । कपिलवस्तुको शिवराज नगरपालिका वडा १० मा अध्यक्ष पदको लागी हुने निर्वाचनमा पार्टीहरु तयारीमा लागी परेका हुन । मुख्यत यस वडामा नेपाल कम्युनिष्ट पार्टी नेकपा,नेपाली काग्रेस,समाजवादी पार्टी नेपाल र राजपा उम्मेदवारहरुको चर्चा हुन सुरु गरेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले अदालत मनियारलाई उम्मेदवार बनाउन सिफरिस गरेको छ भने नेपाली काग्रेसले देव भारती र समाजवादी पार्टीले तिर्थ वहादुर रायमाझीलाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ ।
नेकपाका मनियार पुर्व माओवादी वाट उम्मेदवार बनेका थिए ,अव नेपाल कम्युनिष्ट पार्टीले उनलाई पुन उम्मेदवारमा सिफारिस गरेको छ भने नेपाली काग्रेसले राप्रपा वाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका देब भारीतलाई वडा अध्यक्षको उम्मेदवार बनाउन आन्तरिक तयारीमा लागेको छ । गत निर्वाचनमा नेपाली काग्र्रेसवाट उम्मेदवार रहेका तिर्थ वहादुर रायमाझीलाई समाजवार्दी पार्टी नेपालले उम्मेदवार बनाएको छ । रायमाझी झिनो मताआन्तरले परिजित भएका थिए । काग्रेसले उम्मेदवार बनाउन लागेका देब भारती पुर्व वडा अध्यक्ष सकुन्तला भारतीका छोरा हुन । सकुन्तलाको मृत्यु भएको कारण वडा न १० मा उपनिर्वाचन हुन लागेको हो ।
शिवराज नगरपालिका १० मा नेपाली काग्रेस र समाजवादी पार्टीको कडा प्रतिष्प्रधा हुने देखीएको छ ।नेपाली काग्रेसले एकाएक राप्रपाका भारतीलाई प्रवेश गराई टिकट दिने तयारी गरेसगै तिर्थ वहादुर रायमाझीको समुहले पार्टी छोड्ने निर्णय गरेको थियो । यता समाजवादी पार्टीले उम्मेदवार खोजिरहेको बेला काग्रेसका रायमाझी पाएपछी समाजावदी पार्टीले चुनाव जित्नेमा ढुक्क छ । नेपाली काग्रेस भित्रको केहि समुहले समाजावादी पार्टीका उम्मेदवार रायमाझीलाई आन्तरिक सहयोग गर्ने तयारीमा समेत लागेको हुदा काग्रेस कमजोर बन्ने देखीन्छ । नेपाली काग्रेसका उम्मेदवार देव भारती भने आफ्नो स्वतन्त्र मत सगै नेपाली काग्रेसको मतले आफुले जित्ने दावी गर्छन ।
यता नेकपा भने विकासको काम देखाउदै जित्ने तयारीमा छ । वडामा नेकपा त्यति मजवुत नभएपनि अन्य पार्टीको जुधाई सगै पुर्व एमाले र माओवादीको मत गणितिय हिसावमा जित्ने देखिएपछी सम्भावना वढी रहेको नेकपा नेकट नेताहरुको भनाई छ । वडामा नेकपा भित्र उम्मेदवारमा विवाद नभएको हुदाँ नेकपाका नेता कार्यक्रताले भने अदालत मनियारको विकल्प नभएको दावी गरेका छन ।
गत निर्वाचनमा यस्तो थियो नतिजा
२०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा शिवराज नगरपालिका वडा १० मा वडा अध्यक्षको लागी ११ जनाको उम्मेदवारी रहेको थियो । ११ जना मध्य ५ जना उम्मेदवार स्वतन्त्र रहको थिए । उक्त निर्वाचनमा स्वतन्त्र उम्मेदवार शकुन्तला भारती ३ सय १९ मत प्राप्त गरी निर्वाचित भएकी थिइन भने दोस्रो स्थानमा नेपाली काग्रेसका तिर्थ वहादुर रायमाझी २ सय ३० मत प्राप्त गरेका थिए जुन अहिले समाजवादी पार्टीका उम्मेदवार हुने भएका छन । त्यस्तै तेस्रो नम्वरमा भने स्वतन्त्र उम्मेदवार विपत चमारले १ सय ८१ मत ल्याएका थिए ।चौथो नम्वरमा नेकपा माओवादी केन्द्र तथा अहिलेका नेकपाका उम्मेदवार अदालत मनियारले १ सय ५२ मत ल्याएका थिए । पाचौ स्थानमा साविक एमालेका उम्मेदवार रामदेव कुर्मीले १ सय २३ मत ल्याएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP