Trending
स्वास्थ्य नेपाल डब्ल्यूएचओको कार्यकारी समितिको सदस्यमा निर्वाचित राजनीति रवि लामिछानेको रिटमाथि सुनुवाइ सकियो, आदेशको तयारी साहित्य ‘सार्वणि’ उपन्यासलाई तानसेन प्रज्ञा उत्कृष्ट कृति पुरस्कार! अपराध देशभर लागुऔषधको समस्या विकराल, रचनात्मक सहयोग गर्न प्रहरीको आपिल राजनीति दैनिक ५० औँ लाख भ्रष्टाचार गर्ने विरूद्ध हामीले गम्भीर निर्णय लिनुपर्ने बेला आयो : प्रचण्ड राजनीति एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त राजनीति लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक समाज के फेरि कोभिड संक्रमणको जोखिम बढेको हो? flash भन्सार सेटिङ : मोटा चामल देखाएर मसिनो चामल भित्र्याउदैँ flash जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाहीजिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु

तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षक पक्राउ

जनकपुरधाम, कातिक १९
आफ्ना मागप्रति प्रदेश सरकार बेवास्ता गरेको भन्दै प्रदेश २ को जनकपुर स्थित मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका ४३ जना अस्थायी शिक्षक पक्राउ परेका छन् । मंगलबार बिहान मुख्यमन्त्री कार्यालय अगाडी पुगेर कर्मचारीलाई भित्र छिर्न नदिने गरी धर्ना तथा तालाबन्दी गर्न खोजेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवसहित ४३ अस्थायी शिक्षक पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा ३० जना पुरुष र १३ जना महिला छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको जनाएको छ ।

अस्थाई शिक्षकहरुलाई निरन्तर काममा फर्काउनुपर्ने माँग गर्दै उनीहरुले सोमबार दिउँसो मुख्यमन्त्री कार्यालय अगाडी आधा घण्टा चक्काजाम समेत गरेका थिए । यथाशिघ्र अस्थाई शिक्षकहरुको माग पुरा नभए कडा संघर्ष गर्ने शिक्षकहरुले चेतावनी दिँदै आएका छन् । देशभरमा मात्र एक प्रतिशत मधेशी शिक्षकहरु अस्थाई भएकाले षड्यन्त्रपूर्वक सरकारले विभेद गर्दै विगतका सम्झौताहरु मिचेर नयाँ विधेयक लागु गरेको आन्दोलनरत्त शिक्षकहरुले बताएका छन् ।
यसअघि अस्थायी शिक्षकहरुले असार २० गतेदेखि साउन २० गतेसम्म आफुहरुलाई निरन्तर काममा फर्काउनुपर्ने माँग गर्दै प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडी निरन्तर एक महिनासम्म धर्नामा समेत बसेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP