Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षक पक्राउ

जनकपुरधाम, कातिक १९
आफ्ना मागप्रति प्रदेश सरकार बेवास्ता गरेको भन्दै प्रदेश २ को जनकपुर स्थित मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका ४३ जना अस्थायी शिक्षक पक्राउ परेका छन् । मंगलबार बिहान मुख्यमन्त्री कार्यालय अगाडी पुगेर कर्मचारीलाई भित्र छिर्न नदिने गरी धर्ना तथा तालाबन्दी गर्न खोजेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवसहित ४३ अस्थायी शिक्षक पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा ३० जना पुरुष र १३ जना महिला छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको जनाएको छ ।

अस्थाई शिक्षकहरुलाई निरन्तर काममा फर्काउनुपर्ने माँग गर्दै उनीहरुले सोमबार दिउँसो मुख्यमन्त्री कार्यालय अगाडी आधा घण्टा चक्काजाम समेत गरेका थिए । यथाशिघ्र अस्थाई शिक्षकहरुको माग पुरा नभए कडा संघर्ष गर्ने शिक्षकहरुले चेतावनी दिँदै आएका छन् । देशभरमा मात्र एक प्रतिशत मधेशी शिक्षकहरु अस्थाई भएकाले षड्यन्त्रपूर्वक सरकारले विभेद गर्दै विगतका सम्झौताहरु मिचेर नयाँ विधेयक लागु गरेको आन्दोलनरत्त शिक्षकहरुले बताएका छन् ।
यसअघि अस्थायी शिक्षकहरुले असार २० गतेदेखि साउन २० गतेसम्म आफुहरुलाई निरन्तर काममा फर्काउनुपर्ने माँग गर्दै प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडी निरन्तर एक महिनासम्म धर्नामा समेत बसेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP